ईटहरीमा मेयरको पक्षमा उर्लियो जनसागर, भ्रष्टचारी थर्रर् (भिडियाे सहित)

ईटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले भ्रष्टाचारमा संलग्न कर्मचारीलाई कालो मोसो लगाएर शहर घुमाउने चेतावनी दिएसँगै उनको पक्षमा जनसागर उर्लिएको छ । भ्रष्टाचार विरुद्ध अभियानकर्मीहरुले सोमबार इटहरीमा आयोजना गरेको कार्यक्रममा मेयर चौधरीले ‘अहिलेसम्म जागिर खायौ, अब राजीनामा देऊ,अन्यथा सेतो सर्ट र निलो पेन्टमा भ्रष्ट कर्मचारीलाई कालो मोसो दलेर सहर घुमाउनेछु । म जनतालाई आह्वान गर्दछु कि जनकारबाही गर्नुहोस् ।’भनेर मञ्चबाट उदघोष गर्दा उपस्थित हजारौ नगरबासीहरुले हुटिङ मात्र गरेनन् ताली समेत बजाएर साथ दिए ।

आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरणको दिशामा अघि बढ्न आवश्यक रहेको औल्याउँदै भ्रष्टाचारको निर्मूलीकरण गर्नुपर्नेमा उनको जोड थियो । मेयर चौधरीले भने, ‘अब म आँफै घडेरी बेचेर डोजर चलाउँछु, तलबले कसैको घरबार चल्दैन भने व्यापार गर्नुहोस् ।’ उनले पत्रकार र कलाकारपनि भ्रष्ट रहेको आरोप लगाउँदै भने, ‘अहिले पनि श्रमजीवी पत्रकारलाई मिडिया हाउसहरुले श्रमशोषण गरेका छन् ।’ मेयर चौधरीले बोल्दै आँफूले जुन अभियानको नेतृत्व गरेको हो त्यसका लागि जनताका साथ चाहिने बताए । उनले कुनै पनि हालतमा इटहरीलाई भ्रष्टारचामुक्त नगर बनाउने बताए ।

नागरिक समाज ईटहरीका पूण्यप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इटहरी क्षेत्रका सयौँ नगरबासीहरुको उपस्थिति रहेको थियो । उनीहरुले भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौँ, नेपाली जनताले के भन्छ, भ्रष्टाचारीलाई लखेट भन्छ, सुशासन, दीगो विकास तथा भ्रष्टाचार विरुद्धको अभियानमा सहभागी बनौँ, कर तिर्ने जनता रकम जाने अन्त, बोलौँ जनता बोलौँ, भ्रष्टाचारीको पोल खोलौँ जस्ता पम्प्लेट बोकेर विरोध जनाएका थिए । कार्यक्रममा मेयर चौधरीले पटक पटक नेकपाका केही नेताहरुको नाम नै तोकेर घरमा डोजर चलाउने चेतावनी समेत दिएका छन ।

PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…