डेङ्गु नियन्त्रण गर्न मालाथिन औषधि छर्कँदै

विराटनगर / विराटनगर महानगरापलिकामा डेङ्गु ज्वरोका सङ्क्रमित बिरामी देखिन थालेपछि आजदेखि यस क्षेत्रमा औषधि छर्किने कार्य शुरु गरिएको छ ।

धरान उमहानगरपालिकमा सो रोगबाट सङ्क्रमित बिरामी अत्यधिक देखिएकाले नियन्त्रणका लागि नगरका सम्पूर्ण वडामा आजदेखि मालाथिन फगि स्प्रे(छर्केने) कार्य शुरु गरिएको महानगरपालिकाले जनाएको छ । महानगरले आज वडा नम्बर १, २, ३, र १० , यही जेठ ३० गते १, ३, ४, र १० मा, ३१ गते ४, ५, ६ र ७ मा, ३२ गते ५, ६, ८ र ९ मा औषधि छर्किने भएको छ ।

यसैगरी आगामी असार १ गते ८, ९, ११, र १२ मा, २ गते ११, १२, १३, र १४ मा, ३ गते १४, १५, १६ र १७ मा र ४ गते १८, १९ मा औषधि छर्किने कार्यक्रम निश्चित भएको महानगरले जानकारी दिएको छ । बिहान ७ः०० बजेदेखि दिउँसो ११ः०० बजेसम्म औषधि छर्किने भएकाले उक्त समयमा खानेकुरा छोपेर राख्न महानगरले नगरवासीलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading…