दाह्री ग्याङ सुन्दरहरैंचाको सहयोग अनिसा सापकोटालाई

सुन्दरहरैंचा / दाह्री ग्याङ सुन्दरहरैंचाले इटहरीकी अनिशा सापकोटाको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा सकृय दाह्री ग्याङ समूहमा आवद्ध मोरङको सुन्दरहैंचाका युवाहरुले ४ दिनसम्म नगरका विभिन्न स्थानमा संकलन गरेको रकम काठमाडौंको केएमसी हस्पिटलमा लगेर विरामीका बाबुलाई हस्तान्तरण गरैका हुन् । सहयोग अभियानबाट संकलन भएको १ लाख १ हजार १ सय ११ रुपैयाँ रकम बराबरको चेक दाह्री ग्याङका सदस्यहरुले अस्पतालमै पुगेर विरामीका बाबु महेश्वर सापकोटालाई बुझाएका हुन् ।
दाह्री ग्याङ सुन्दरहरैंचाका त्रिवेणी पराजुली, रुपक चौधरी, दिवाकर रेग्मीसहितको टोलीले आफ्नै खर्चमा काठमाडौं पुगेर सहयोग हस्तान्तरण गरेको हो । रकम हस्तान्तरण गर्नुका साथै विरामीको अवस्था समेत बुझ्ने उद्देश्यले आफ्नै खर्चमा काठमाडौं गएर रकम हस्तान्तरण गरिएको दाह्री ग्याङका रुपक चौधरीले बताए । विरामीको अवस्थामा समेत निकै सुधार आइसकेकाले आफुहरुले दिएको सहयोगले विरामीको जीवन बचाउन मद्दत पुग्ने उनको भनाइ छ ।
सहयोग हस्तान्तरणको अवसरमा दाह्री ग्याङ काठमाडौं, भक्तपुर र पोखराका उमेश पराजुली, सुमेश दाहाल, प्रशान्त आचार्य, किरण कार्की, ज्ञानेन्द्र दाहाल, सुशील गौतम र बसन्त पहरको समेत सहभागिता रहेको थियो । विरामीका बाबुले छोरीको स्वास्थ्य अवस्थामा सुधार आउँदै गएको र एक हप्तासम्ममा डिस्चार्ज हुने जानकारी दिएका छन् । अनिशाको उपचारमा ९ लाख रुपयाँ खर्च भइसकेको उनको भनाइ छ । डिस्चार्ज भएपनि हरेक हप्ता फलोअपमा आउने पर्ने भएकालै अझै खर्च लाग्ने उनले बताए ।
 
दाह्री ग्याङ सुन्दरहरैंचाका केशब बास्तोलका अनुसार दाह्री ग्याङले विभिन्न सेवामुलक र समाज सुधारका क्षेत्रमा काम गर्दै अघि बढ्ने क्रममा ४ दिनसम्म अनिशा सापकोटा बचाऊ अभियान सञ्चालन गरि सहयोग संकलन गरेको थियो । अभियान अन्तरगत दाह्री ग्याङका युवाहरुले सुन्दरहरैंचाको तीनपैनी, बाँसबारी, बलिया, गोकर्ण रिसोर्ट, गोकुलम् रिसोर्ट, गछिया बजार र विराचाटचौक बजारमा पुगेर रकम संकलन गरेको बास्तोलाले जानकारी दिए । दाह्री ग्याङको अभियानमा क्विक भोलेन्टियरले समेत सघाएको थियो ।
अभियानमा दाह्री ग्याङ सुन्दरहरैंचाका त्रिवेणी पराजुली, रुपक चौधरी, केशव बास्तोला, रेवती निरौला, सुजन घिमिरे, प्रशान्त अधिकारी, भोजराज रिजाल, साइमन रेग्मी, दाह्री ब्रो, जयप्रकाश रायमाझी, दिवाकर अधिकारी, राजन निरौला र विराटनगरका सविन साइमन घिमिरेको सहभागिता रहेको थियो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका समचार सम्याेजक हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सुन्दरदुलारी उवास मार्फत सुन्दरहरैंचामा कार्यरत पत्रकारकाे बिमा

पिएलओद्वारा सुरक्षाकर्मीलाई समाग्री वितरण

घरघरमा सागसब्जी पुऱ्याउँदै सुन्दरहरैँचाका युवा

पिएलओद्वारा ह्विलचेयर वितरण तथा रक्तदान कार्यक्रम सम्पन्न

सुन्दरहरैंचामा सामुदायिक विद्यालयद्वारा राहत प्रदान

लकडाउनमा यस्तो देखियाे सुन्दरहरैंचा (२६ तस्विरहरू)

नेविसंघ सुन्दरहरैंचाद्वारा खाद्यान्न सामग्री हस्तान्तरण

सुन्दरहरैंचामा प्याब्सनद्वारा राहत समाग्री प्रदान

पूर्वाञ्चल ल्युब आयलद्वारा राहत सामग्री प्रदान

सुन्दरहरैंचामा विभिन्न संघ संस्था तथा व्याक्तिले प्रदान गरेकाे राहतलाई बाड्न शुरु

तपाईको प्रतिक्रिया

Loading…