ईटहरीका मेयर–पत्रकार बिवाद, ग्राउण्ड रियालिटी चेक्

मेयरका अबका चुनौति

इटहरी । सुनसरीको ईटहरीमा उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी र पत्रकार विराट गौतम (अनुपम) बिचको बिवादपछि गठित नेपाल पत्रकार महासंघको मिसन टोलीले घटनामा पत्रकारको गल्ती भएको प्रतिबेदन सार्बजनिक गरेको छ ।

मेयर चौधरीलाई फोन गरेर उत्तेजित गराएको भन्दै नेपाल पत्रकार महासंघले पत्रकारको गल्ती औंल्याएको छ । महांघको मिसनले मेयर चौधरीको समेत कमजोरी औंल्याएको छ । टहरीका पत्रकार गौतमले फेसबुक स्टाटसमा दिने निजी अभिव्यक्तिले विभिन्न व्यक्तिको मानमर्दन हुने गरेको समेत पत्रकार महासंघको रिपोर्टमा उल्लेख छ । इटहरी र धरानमा भएका पत्रकारसँग सम्बिन्धत घटनाहरुको अध्ययन गरी रिपोर्ट पेश गर्न पत्रकार महासंघ प्रदेश १ कमिटीले जेठ २३ गते नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय सदस्य मोहनकाजी न्यौपानेको संयोजकत्वमा एउटा मिसन टोली गठन गरेको थियो । टोलीले मंगलबार प्रतिवेदन बुझाईसकेको छ ।

मिसन टोलीको निश्कर्षको तेस्रो नम्बर बुँदामा ‘पत्रकार विराट अनुपमले फेसबुकमा लेखेको स्टाटसमा प्रमुख द्वारिकलाल चौधरीले कमेन्ट गरेको विषयलाई फोन गरेर उत्तेजित बनाएको पाइयो । साथै पत्रकार विराट अनुपमले पटक–पटक सामाजिक सञ्जाल फेसबुकमा दिने निजी अभिव्यक्ति तथा धारणाले थुप्रै पत्रकार र सामाजिक व्यक्तिको मानमर्दन र प्रतिष्ठामा आघात पुगेको गुनासा थुप्रै पाइयो ।’ लेखिएको छ ।

पत्रकारले रिपोर्टिङ गर्दा र अन्तरवार्ता लिने क्रममा व्यक्तिलाई होच्याउने गरी अशिष्ट, अमर्या्दित र पूर्वाग्रही प्रश्न गर्नु हुँदैन । पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग पृथक विषय भएको हुँदा पत्रकारले सामाजिक सञ्जालमा विचार र टिप्पणी व्यक्त गर्दा सचेत हुनुपर्दछ ।’ मिसन टोलीले सुझाव दिएको छ । पत्रकार महासंघले जिल्ला शाखामा गुनासो सुनुवाई शाखा निर्माण गर्नुपर्ने सुझाव समेत दिएको छ । अनुगमनका क्रममा मिसन टोलीले इटहरी उपमहानगरपाकिलाका मेयर द्वारिकलाल चौधरीसँग पनि भेट गरेको थियो । यसक्रममा चौधरीले आफूबाट गल्ती भएको भए कान समातेर उठबस गर्न तयार रहेको बताएका थिए । मिसनले मेयरको समेत कमजोरी देखाएको छ ।

यसरी शुरु भएको थियो बिवाद

ईटहरी उपमहानगरपालिकाको मेयरमा तत्कालीन एमालेको तर्फबाट निर्बाचित भएपछि द्धारिकलाल चौधरीको चुनौति र उनलाई असर पार्ने फयाक्टरका बारेमा पत्रकार बिराट अनुपमले लेख लेखेका थिए । उनको लेख प्रकाशित भएको केही समयपछि ईटहरीमा सिएफएल काण्ड भयो । सोही काण्डमा बिराटले लगभग एक दर्जन जति समाचार लेखेका थिए । समाचार प्रकाशित भएपछि त्यतिबेला पनि मेयरले झुटो समाचार र प्रायोजित सामाचार भन्दै आएका थिए ।

मेयर निर्बाचित भएपछि चौधरीले ईटहरीमा मिचिएका सार्बजनिक जग्गाको खोजी अभियान शुरु गरेकै बेला सिएफएल काण्डले उनको अभियानमा ब्रेक लगाएको थियो । नियमबिपरित सिएफएल खरिद गरिएको भन्दै मेयर,उपमेयर र जनप्रतिनिधिहरुको आलोचना समेत भएको थियो । बिराटले मेयरका सबै गतिबिधिलाई समाचार बनाउँदै आएका थिए । सोही बेलादेखि नै मेयर पत्रकारहरु सँग असन्तुष्ट थिए । त्यसबेला पनि उनले पत्रकारले नबुझी लेखेको बदनाम गरेको भन्दै आएका थिए ।

करिब २ साताअघि मेयरले नगरपालिकाका केही ईन्जिनियर र कर्मचारीलाई घुस लिएको र भ्रष्टचार गरेको भन्दै कार्यलयबाट कठालो मसाएर बाहिर निकालेका थिए । सोही घटनाको बिषयमा प्रश्न सोध्दा उनले प्रश्न सोध्ने पत्रकार कृष्ण बहाव भटराईलाई उमेर सोध्दै पटक पटक लोपारेका थिए । सोहीबेला उनको आलोचना समेत भयो । उनी सोही घटनापछि काठमाण्डौ गएका थिए । घटनाको पर्सिपल्ट उपमेयर लक्ष्मी गौतमले प्रेस बिज्ञप्ती निकालेर माफी मागेपछि घटना केही साम्य भएको थियो ।
त्यसपछि पत्रकार अनुपमले फेरी ईटहरीमा उपमेयर देखि सबै महिलाहरुले नगरपालिका चलाएको र महिलाहरु कमजोर छैनन भन्ने आशयमा सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । सोही पोष्टमा मेयर चौधरीले (चाटुकारिता) भनी कमेन्ट लेखेका थिए । कमेण्ट पछि मंगलबार अनुपमले मेयरलाई किन त्यस्तो लेखेको भनी फोन गरे । फोनमा मेयरले उल्टै गाली गर्दै नाक भाँच्न १ करोड छुटयाएको र भ्रष्टचारी र दलालको पक्षमा लेख्ने गरेको भन्दै तथानाम गाली गरे । सोही फोन बार्ता सार्बजनिक गरिएपछि घटनाले नयाँ मोड लियो ।

मेयरका अबका चुनौति

यो घटना लगभग सेलाएपनि मेयर चौधरीका लागी चुनौति थपिएको छ । उनले घटनापछिको कुराकानीका क्रममा जेठ मसान्त भित्र नगरपालिकामा रहेका भ्रष्ट कर्मचारीले राजीनामा नदिए । जनताको सामु जाने र भ्रष्टचारी चिनाउने र जनकारबाही गर्ने,उनीहरुलाई कालोमोसो दल्ने र बजार घुमाउने बताएका छन । उनका लागी यो चुनौतिको बिषय समेत बनेको छ ।

उनको कामको स्प्रिट र उनको अभियान सँगै भ्रष्टचारबिरुद्ध नयाँ अभियान समेत शुरु भएको छ । ईटहरी घटनापछि मेयर चौधरीलाई देश तथा बिदेशबाट भ्रष्टचार बिरुद्धको अभियानमा ठुलो हौसला मिलेको छ । उनलाई यो साथ अबसर र चुनौति पनि हो । यदि उनले यो परिक्षा पास गर्न सके र उनले बोलेको कुरा पुर्याउन सके भने उनी जनताका बिचमा देशकै अब्बल मेयर घोषित हुनेछन । यदि आक्रोश र पपुलारिटीका लागी मात्र हो भने मेयरकै लागी यो घातक बन्ने छ ।

 

तपाईको प्रतिक्रिया

Loading…