ग्यास बिक्रेताद्धारा आन्दोलनको घोषणा

विराटनगर / एलपी ग्यास बिक्रेता संघ मोरङले सरकारले बढाएको रकम उद्योगहरुले नदिएको भन्दै आन्दोलनको घोषणा गरेको छ । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी एलपी ग्यास बिक्रेता संघले आन्दोलनको घोषणा गरेको हो । लामो समयदेखि कमिशन वृद्धिको माग राखेर आन्दोलन गर्दै आएकोमा नेपाल सरकारले २०७६ साल वैशाख १२ गतेदेखि लागू हुने गरी ५ रुपैयाँ ४७ पैसा कायम गरे पनि उद्योगीहरुले उक्त रकम नदिएको भन्दै आन्दोलनको घोषणा गरिएको हो ।

आन्दोलनका कार्यक्रम भोलिदेखि असार ३ गतेसम्म कालोपट्टी बाँधेर ग्यास बिक्री वितरण गर्ने, असार ४ गते जिल्ला प्रशासन कार्यालय र आयल निगममा ज्ञापनपत्र बुझाउने, असार ७ गते वृहत बिक्रेता भेला गर्ने, ८ गते प्रशासनलाई चाबी हस्तान्तरण गर्ने, ९ गतेदेखि उद्योगबाट ग्यास नमगाउने र १२ गतेसम्म मौज्जात ग्यास सकी बिक्री वितरण नगर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । हाल ग्यास व्यवसायीहरुले एउटा ग्याँस बेचे बापत ४० रुपैयाँ मुनाफा लिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…