मोरङ र सुनसरीका बिभिन्न स्थानमा भेटिए शंकास्पद बस्तु (तस्विरहरू सहित)

मोरङ । मोरङका बिभिन्न स्थानमा शंकास्पद बस्तुहरु फेला परेका छन् । विराटनगर र बुढीगांगा गाउँपालिकाको बिचमा पर्ने बुढीगंगा गाउँपालिका १ पहाडगछ मार्गमा शंकास्पद बस्तु फेला परेको हो । बिहान प्रेसर कुकर जस्तो देखिने बस्तु स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गरिए लगत्तै पुगेको प्रहरीको टोलीले बम भएको हुनसक्ने आशंकामा आर्मीको बिशेषज्ञ टोलीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

त्यस्तै मोरङको सुन्दरहरैंचा–७ ढडियास्थित पुर्व–पश्चिम राजमार्गको किनारामा कुकर बम भेटिएको छ । राजमार्ग छेउमा रहेको बिजुलीको पोल नजिकै उक्त बम फेला परेको हो ।बम भेटिएको स्थानलाई सुरक्षाकर्मीले घेरा हालेर राखेको छ । रातो तारले कुकरलाई बेरेर राखिएको अवस्थामा फेला परेको हो । उक्त कुकरभित्र बिस्फोटक पदार्थ भए नभएको यकिन हुन सकेको छैन । बम कसले राखेको हो भन्ने नखुले पनि सोमबार विप्लव माओवादीले आह्वान गरेकोले बम पनि सोही समुहले राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली बम भेटिएको स्थानमा पुगिसकेको जनाइएको छ ।

उता धरान सडक खण्डअन्र्तगतको चारकोशे झाडीमा केही संकास्पद बस्तु भेटिएको छ । उक्त शंकास्पद बस्तु बम रहेको आशंका गरिएको छ । पहेँलो पोकामा सडकको बीच भागमा संकास्पद बस्तु भेटिएको हो । तथापी, बम डिस्पोजल टोली भने आईनसकेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…