लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

पथरी / प्रदेश स्तरीय तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगिताकाे बिहिबार भएकाे खेलमा लेटाङ भेट्रानलाई हराउदै ए पि एफ दाेस्राे चरणकाे यात्र तय गरेकाे छ। बिभागिय टाेलि ए पि एफ पकली र लेटाङ भेट्रान बिच भएकाे निकै अाक्रमक खेलमा ए पि एफका टीकाराम बिकले पहिलाे हाफकाे १२ अाैं मिनेट गाेल गर्दै अग्रता लिएका थिए । खेलकाे २३ अाैं मिनेटमा पुर्ण टिकाराम बिकले अर्काे गाेल गर्दै २ गाेलकाे अग्रता दिलाए । लेटाङ भेटानकाे ब्याक डिफेन्डरकाे कमजाेरीकाे मैका उठाउदै ए पि एफ का टिकाराम बिककाे दुई गाेल गर्न सफल भए उनले गरेकाे २ गाेल नै जितका लागि काफि भयाे ।

लेटाङ भेट्रानले पहिलाे हाफकाे ३५ अाैं मिनेटमा कप्तान बिनाेद लामाले गाेल गरे पनि जित दिलाउन सकेन्न । दाेस्राे हाफमा निकै राम्राे प्रदशन गरेकाे लेटाङलाई बिभाग्य टाेली ए पि एफले एक पछि अर्काे फल गरे पछि ए पि एफका २ खेलाडी उतम कार्की र बिनाेद लाेप्चनले पहेलाे कार्ड पाए । खेलको म्यान अफ द म्याच ए पि एफका लागि २ गाेल गर्ने टिकाराम बि क घाेषित हुँदै नगद २ हजार प्रापत गरे ।

भाेलिकाे शुक्रबार हुने अन्तिम प्रिक्वाटर खेल तेह्रथुम भेट्रान र अायाेजक अमरदह भेट्रान बिच हुनेछ । ३० बर्ष नाघेका १ नं. प्रदेशका १६ टिमकाे सहभागिता रहेकाे प्रतियाेगिताकाे विजेताले नगद २ लाख ११ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ५१ हजार प्राप्त गर्ने छ। अमरदह ढल्के जाेवनकाे अायाेजनामा भएकाे प्रतियाेगिता सुनबर्षी नगरपालिका वडा नं. २ मा रहेकाे बिरेन्द्र सावर्जनीक मा. वीकाे खेल मैदानमा बैशाख २१ देखि सुरु भई जेष्ट ७ गते सम्म सन्चालन हुदैछ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

मोरङको पथरीमा बस दुर्घटना : एकको मृत्यु, १६ घाईते ( १५ तस्विरहरू सहित)

सर्वोच्चको फैसला कार्यन्वयन नगरेको भन्दै पथरीमा स्थानियले दिए आन्दोलन गर्ने चेतावनी

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

पुर्वाञ्चलकाे भेट्रान दमककाे फराकीलाे जित

तपाईको प्रतिक्रिया

Loading…