पाथीभरा पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि आज पुलिस र आर्मी भिड्ने

ताप्लेजुङ / ताप्लेजुङको मैवाखोला स्थित साँघुमा विहिबार सम्पन्न हुने तेश्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी भिड्ने भएकाछन् । खेल आज मध्यान्हदेखि सुरु हुने छ । बुधबार फाईनल प्रवेशका लागि भएको खेलमा साविक विजेता नेपाल पुलिसले गण्डकी प्रदेश र आर्मीले एपिएफलाई पराजित गर्दै उपाधीका लागि भिडन्त पक्का गरेकाहुन् ।

पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । पुलिसले गण्डकीलाई २५–१५, २६–२४, २५–१७ अंकको सोझो सेटमा हराएको हो । यता त्रिभुवन आर्मीले एपिएफलाई ३–१ को सेटमा हराउँदै उपाधी नजिक पुगेको हो । आर्मीले एपिएफलाई २५–२१, २५–२०, २०–२५, २६–२४ को सेटमा हराएको हो । खेलमा उत्कृष्ठ प्रर्दशन गरेका पुलिस क्लबका विशाल विक र आर्मीका धनबहादुर भट्ट म्यान अफ द म्याच घोषित भएकाछन् ।

पर्यटन प्रर्वद्धनका लागि भलिबल भन्ने नारा सहित जलजले युवा क्लबले आयोजना गरेको प्रतियोगिता गत २२ गतेबाट सुरु भएको थियो । प्रतियोगितामा ८ टिम सहभागी छन् । बिजेताले नगद ३ लाख ५१ हजार ५ सय रुपैँया नगद प्राप्त गर्ने छ भने उप बिजेताले १ लाख ७६ हजार २ सय ५१ रुपैँया प्राप्त गर्ने जनाईएको छ ।

Subscribe PURBELI TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पुर्कुटी पूर्वेली न्युजका ताप्लेजुङ सहकर्मी हुनुहुन्छ ।

सन्तोष पुर्कुटीबाट थप

पाथीभरा पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि आज पुलिस र आर्मी भिड्ने

ताप्लेजुङमा कार दुर्घटना, दुई घाईते (तस्विरहरू सहित)

ताप्लेजुङमा १६ वर्षिय बालिकालाई पटक पटक बलात्कार गर्ने तीन पुरुष पक्राउ

ताप्लेजुङ फक्ताङलुङबाट ९ थान भरुवा बन्दुक नियन्त्रणमा

पाथीभरामा चल्ने सवारी साधनमा भजन बाहेकका गीत बजाउन नपाईने

कर्तव्य ज्यान मुद्धामा ६ वर्षदेखि फरार अभियुक्त पक्राउ

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धि ताप्लेजुङमा नमुना अभ्यास प्रर्दशनी

हिमपातका कारण ताप्लेजुङका उच्च क्षेत्रका बासिन्दा चिसोको मारमा, वर्षाले किसानलाई फाईदा

नेपाल विद्यार्थी संघद्धारा ताप्लेजुङमा ओलीको पुत्ला दहन सहित विरोध प्रर्दशन

अञ्जली लिम्बू बनिन् मेरिङदेन डान्स स्टार

तपाईको प्रतिक्रिया

Loading…