पुर्वाञ्चलकाे भेट्रान दमककाे फराकीलाे जित

पथरी / प्रदेश स्तरीय तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगिताकाे साेमबारकाे खेलमा बिराट एकेडेमी भेट्रान क्लवलाई ० का बिरुद्घ ५ गाेलकाे फराकीलाे अन्तरले पाखा लगाउदै पुर्वाञ्चल भेट्रान क्लव दाेस्राे चरणमा प्रदेश गरेकाे छ । साेमबारको खेलमा विराट स्पाेर्टस एमेडेमी बिराटनगरलाई ० -५ गोल अन्तरले पराजित गर्दै पूर्वानञ्चल भेट्रान दमक विजयी भएकाे छ। पूर्वानञ्चल भेट्रान दमकका लागि खेलकाे ५ अाैं मिनेटमा खेम पाेख्रेलले गाेल गर्दै खाता खाेलेका थिए भने २६ अाैं मिनेटमा पेनाल्टी मार्फत प्रवेश कटुवालले गाेल गर्दै २-० अग्रता दिलाए ।

निकै दवाममा राखेकाे बिराट एकेडेमी बिराटनगरलाई दाेस्राे हाफकाे २ मिनेटमा खेम पाेख्रेलले ब्याक्ती गत दाेस्राे गाेल गरे भने १३ अाैं मिनेटमा पुर्वाञ्चलका युगकिशाेर राईले १ गाेल गर्दै ४ गाेलकाे अग्रता बनाए । खेलकाे १९ अाैं मिनेटमा प्रबेश कटुवालले ब्याक्तीगत दाेस्राे गाेल गर्दै खेल ५-० काे फराकिलाे गाेल अन्तरले बनाए । उत्कृष्ठ खेल खेलेका प्रवेश कटुवाल खेलको म्यान अफ द म्याच घोषित भए ।

भाेलिकाे खेल इटहरी भेट्रान र पथरी भेट्रान बिच हुनेछ । ३० बर्ष नाघेका १ नं. प्रदेशका १६ टिमकाे सहभागिता रहेकाे प्रतियाेगिताकाे विजेताले नगद २ लाख ११ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ५१ हजार प्राप्त गर्ने छ। अमरदह ढल्के जाेवनकाे अायाेजनामा भएकाे प्रतियाेगिता सुनबर्षी नगरपालिका वडा नं. २ मा रहेकाे बिरेन्द्र सावर्जनीक मा. वीकाे खेल मैदानमा बैशाख २१ देखि सुरु भई जेष्ट ७ गते सम्म सन्चालन हुदैछ ।

Subscribe PURBELI TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

मोरङको पथरीमा बस दुर्घटना : एकको मृत्यु, १६ घाईते ( १५ तस्विरहरू सहित)

सर्वोच्चको फैसला कार्यन्वयन नगरेको भन्दै पथरीमा स्थानियले दिए आन्दोलन गर्ने चेतावनी

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

पुर्वाञ्चलकाे भेट्रान दमककाे फराकीलाे जित

तपाईको प्रतिक्रिया

Loading…