मोरङको पथरीशनिश्चरेमा ४ सय २० महिलाको क्यानसर परीक्षण

मोरङ / मोरङको पथरीशनिश्चरे नगरपालिकाले विहिवार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा नगरका ४ सय २० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । नगरपालिकाले महिलाहरुको समस्यालाई ध्यानमा राखेर मुख्य रुपमा पाठेघरको मुखको क्यान्सर परिक्षण ( भीआइए) लाई प्राथमिकता दिँदै पिसाब चुहिने (फिस्टुला ) तथा आङखस्ने रोग र यौन रोगको परीक्षण गरिएको छ ।

जसमध्ये १९ जनामा पाठेघरको क्यान्सर हुनसक्ने प्रारम्भिक लक्षण फेला परेको छ । ३४ जनामा पाठेघरको मुखको घाउ, ६७ जनामा सेतो पानी वग्ने सहितका यौन देखा परेको छ । ९० जनामा पाठेघरको विभिन्नखाले समस्या देखिएर भिडियो एक्सरे गरिएको छ । ३० जनामा सिस्टोसिल, १६ जनाको पाठेघर खसेको, एकजनाको पिसाव चुहिने फिस्टुला समस्या देखा परेको छ ।

पथरीशनिश्चरे नगरपालिकाको आयोजना, जिल्ला स्वास्थ्य कार्यालय र अरनिको अस्पताल उर्लावारीको प्राविधिक सहयोगमा स्थानीयको उत्साहपूर्ण सहभागिामा शिविर सञ्चालन भएको थियो । महिलामा देखा पर्ने यस्ता समस्याहरु जनचेतनाको कमी, रोग लुकाउने प्रवृतिका कारण वढ्दो रहेको मोरङ जिल्ला स्वास्थ्य प्रमुख ज्ञान वा वस्नेत वताउछन् ।

मोरङ जिल्लाको तेस्रो ठुलो शहरका रुपमा रहेको यस पालिकामा महिला मात्र देखा पर्ने रोगको अवस्था सामान्य रहेको नगर स्वास्थ्य संयोजक मुरारी आचार्य वताउछन् । नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा यस अघि पनि विभिन्न कार्यक्रम गर्दै आएको भएतापनि महिला सग सम्धीत कार्यक्रम भने पहिलो रहेको छ । उक्त क्षेत्रमा गरिव तथा पिछडीएका बर्गको स्वास्थ समस्यालाई मध्यनजर गर्दै डाक्टर सहितको १५ शैयाको अस्पतालको स्वीकृती भएको स्वास्थ संयोजक मुरारी आचार्यले वताए । शिविरमा महिला रोग विषेश्यज्ञ डा.गौरि शंकर झा, वालकृष्ण शाह, रेडियोलोजिष्ट विशाल प्रतिक मिश्र लगाएतको शिविरमा सेवा प्रदान गरेका छन् ।

Subscribe PURBELI TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

आजकाे राशिफल, वि.सं. २०७९ कार्तिक ५ गते शनिबार || श्री मनकामना देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

चैत देखी प्रदेश न १ का ८ वटै यातायात कार्यलयबाट अनलाइन सेवा सुरु गर्ने

टर्कि सरकारको सहयोगमा हेस्राद्धारा बक्रा खोला पिडितलाई राहत

कानेपोखरी लेटाङ जंगलमा शव फेला, आफन्त भन्छन हत्या भएको शंका

नेपाल बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस (फोटोफिचर)

माेरङमा मलामी पुगेर फर्किएकालाई प्रहरीद्धारा निर्घात कुटपिट (भिडियाे सहित)

आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

दुई स्रष्टा सम्मानित

मोरङको पथरीशनिश्चरेमा ४ सय २० महिलाको क्यानसर परीक्षण

पथरीशनिश्चरेका ५० प्रतिशत निजी बिध्यालय बिनाअनुमती कक्षा संचालन

तपाईको प्रतिक्रिया