कराँतेको अन्तर्राष्ट्रिय प्रतियोगिता चितवनमा

चितवन / पहिलो पटक अन्तर्राष्ट्रियस्तरको कराँते प्रतियोगिता यहाँ हुनेभएको छ । जापान गोजुरियो कराँते डो केन्वाकाई नेपाल सङ्घ चितवन शाखाको आयोजनामा तेस्रो इण्डो–नेपाल कराँते प्रतियोगिता हुन लागेको सङ्घका सल्लाहकार एवं प्रतियोगिता संयोजक पुष्प आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगिता यही वैशाख १९ गते देखि २१ गतेसम्म भरतपुर महानगरपालिका–१५ मङ्गलपुरमा हुने आयोजकले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । प्रतियोगितामा नेपालका ३५० र भारतका ५० गरी ४०० जना खेलाडीले सहभागिता जनाउने छन् । चितवनबाट मात्र ६० जना खेलाडीले सहभागीता जनाउने उहाँले बताउनु भयो ।

सहभागी खेलाडीले उमेर समूह, तौल समूह र खुल्लामा प्रतिस्पर्धा गर्ने आचार्यले बताउनुभयो । ६ देखि १३ वर्षका खेलाडीले उमेर समूहमा र १३ देखि १९ वर्षकाले तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । १९ वर्ष माथिकाले भने खुल्लातर्फ प्रतिस्पर्धा गर्ने बताइएको छ ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…