दोश्रो वडा स्तरीय क्रिकेट : वडा नं. ३ को बिजयी शुरुवात

राजबिराज । राजबिराज नगरपालिका वडा नं. ५ को मुख्य प्रायोजन तथा लायन्स क्रिकेट क्लबको आयोजनामा संचालित दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगतको पहिलो खेलमा वडा नं. ३ ले वडा नं. ४ लाई ५ बिकेटको फराकिलो अन्तरले पराजित गरेको छ । पबिमाबिको क्रिकेट मैदानमा संचालित प्रतियोगिता अन्र्तगतको पहिलो खेलमा वडा नं. ४ ले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ७ बिकेटको नोक्सानीमा १ सय १९ रन मात्र बनाउन सफल भएका थिए । वडा नं. ४ का लागि किर्तिमानी खेलाडि महवुव आलमले १५ बलमा २ चौक्का र २ छक्काको मद्धतले २३ तथा राहुल मण्डल र अमिर खानले क्रमशः २० र १६ रनको योगदान दिएका थिए भने शुभाष साह र सुरेश मुखिया क्रमश : २१ र १० रनमा नटआउट रहेका थिए । बलिंग तर्फ वडा नं. ३ का तर्फबाट अमित यादवले घातक बलिंग गर्दै ४ ओभरमा २२ रन दिई महत्वपुर्ण ४ बिकेट लिएका थिए भने राज राँय, रोबिन सिंह र बिकास दासले सामान १ बिकेट लिएका थिए ।

१ सय २० रनको लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. ३ ले १७ ओभर ४ बलमा ५ बिकेटको नोक्सानीमा सजिलै खेल आफनो पक्षमा पार्न सफल भएका थिए । वडा नं. ३ का लागि प्रसान्त राईले २९ बलमा १ चौक्का र १ छक्काको मद्धतले ३५ तथा अमित यादवले १७ रनको योगदान दिएका थिए भने अमित दास र रोहित सिंह क्रमश : २७ र २२ रनमा नटआउट रहेका थिए । बलिंग तर्फ वडा नं. ४ का महवुव आलम २ तथा अनिल यादव, रोशन साह, राहुल मण्डल र रेवति रायले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच उत्कृष्ट बलिंग गरे वापत वडा नं. ३ का अमित यादव घोषित भएका थिए ।

प्रतियोगिता अन्र्तगत नै बिहान राजबिराज नगरपालिकाका प्रमुख शम्भु यादवले रिवन काटदै प्रतियोगिताको उदघाटन गर्नु भएको थियो भने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, उपप्रमुख साधना झा, नेपाली सेनाका प्रमुख सेनानी गुप्त बहादुर कुवर, शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक खेमबहादुर थापा, नेपाल प्रहरीका प्रहरी उपरिक्षक राजेन्द्र बिष्ट लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रममा वडा नं. ५ का वडा सदस्य गंगासागर गुप्ताले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको अध्यक्षता वडा नं. ५ का वडा अध्यक्ष समिर झाले गरेका थिए । कार्यक्रमको संचालन क्रिकेटर पवन दासले गरेका थिए । प्रतियोगिता अन्र्तगत बिहिवार हुने पहिलो खेल वडा नं. ७ ले वडा नंं. ८ बिरुद्ध खेल्नेछ भने दोश्रो खेल वडा नं. २ ले वडा नं. ९ बिरुद्ध खेल्ने जानकारी आयोजक समितिका संजय कार्किले जानकारी गराएका थिए ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…