पथरीकी रीनाको हत्याकाण्डमा ब्वाईफे्रण्डतर्फ सोझियो प्रहरी अनुसन्धानको सुँई

पथरी । मोरङको पथरीशनिश्चरे १ की रिना बस्नेतको हत्या वा आत्माहत्या भन्ने बिषयमा बिबिध अडकलबाजी भईरहँदा उनका ब्वाईफ्रेण्ड तर्फ अनुसन्धानको सुई सोझिएको छ ।
शनिबार बिहान आफनै पसल अघि सडकमा मृत फेला परेकी बस्नेतको आफनै ब्वाईफेण्डबाट हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरी गोप्य स्रोतका अनुसार उनका ब्वाईफ्रेण्ड भनिएका सुन्दरहरैचाका एक युवालाई प्रहरीले अनुसन्धानको घेरामा राखेको छ । स्रोतका अनुसार ब्यबसायी रहेका ती ब्यत्ति पथरीबाट केहीसमय अघि सुन्दरहरैचा सरेका हुन । यो कुराको पुष्टि भएको छैन । उनका अनुसार उनको अबैध सम्बन्धको कारण हत्या भएको हुन सक्ने प्रहरी आशंका छ ।

शुक्रबार राति पथरीमा आयोजित कन्सर्ट र छिमेकी साथीको छोराको जन्ददिनमा मादक पदार्थ सेवन गरेको र डेरामा आएर पनि छोरालाई कोक र आफुले वियर खाएको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यलय पथरीका इन्स्पेक्टर कमल बजगाईले बताएका छन । पोष्टमाटमको रिपोर्ट नआई यसै भन्न नसकिने उनले बताए । मृतकका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन ।

अबैध सम्बन्धको कारण हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । शव नजिक रगत भेटिएका कारण बस्नेतको बलात्कारपछि हत्या गरेको हुनसक्ने आशंका समेत प्रहरीको छ । कस्मेटिक पसल सञ्चालन गर्दै आएकी बस्नेतको कोठामा सांगितिक कार्यक्रमपछि डेरामा आएर मादक पदार्थ सेवन गरेको खाली बोत्तलबाट प्रष्ट भएको प्रहरी अनुमान छ ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…