प्रहरी स्कटिङ मै नम्बर प्लेट बिनाकाे गाडी ! , किन यस्ताे भन्दा उल्टै गाडीमा सबार भारतीय मूलका जस्ता देखिने व्यक्तीहरू द्वारा दुर्ब्यहार ( ८ तस्विरहरू सहित)

पथरी / आज साेमबार दिउसाे साढे १२ बजे पूर्वपश्चिम राजमार्ग अन्नतर्गत पथरी-कानेपाेखरी सडकखण्डमा अचम्मकाे द्रष्य देखियाे । ट्राफिक नियमलाई खुल्ला चुनाैति दिदै एक नम्बर प्लेट बिनाकाे गाडी प्रहरी स्कटिङमा गुडिरहेकाे थियाे । गाडीमा भारतीय मूलका जस्ता देखिने ४, ५ जाना व्यक्तीहरू सबार रहेका थिए ।

माेरङकाे कानेपाेखरीमा स्थानियहरूले साे दृष्य देखेपश्चात नेपाल बिध्यार्थी संघका युवा नेता नवराज तुम्बापाे लगायत स्थानिय बासिन्दाहरूले गाडी राेकी साेधपुछ गर्दा उल्टै गाडीका ब्याक्तीहरू द्वारा दुर्ब्यहार गरेका थिए । स्कटिड्मा रहेकाे प्रहरीलाई उक्त गाडी किन नम्बर प्लेट बिना सडकमा कुदाएकाे र कुनै दुर्घटना भयाेभने यसकाे जबाफदेही काे हुने भन्दै स्थानियहरूले गाडी नियन्त्रण गर्न आग्रह समेत गरेका थिए तर प्रहरी आफुहरु मुद्दाकाे लागि बिराटनगर हिडेकाले नियन्त्रणमा लिन नस्क्ने भन्दै पन्छिएका थिए ।

यस बिषयमा ईलाका प्रहरी कार्यालय पथरीका निरिक्षक कमल बजगाईलाई बुझ्दा आफुलाई कुनेपनी जानकारी नभएकाे बताए । यस क्षेत्रमा अपराधिक घटना बढी घट्ने भएकाले यस्ता शंकास्पद गाडीहरू आउँदा स्थानिय जनताहरू त्रसित हुने गरेका छन् । यसरी राजमार्गमा खुलेआम त्याे पनि प्रहरी स्कटिङमा नम्बर बिनाकाे सबारी साधन गुड्नुलाइ तपाइहरू के भन्नुहुन्छ, के ऐन नियम सर्वसाधारणलाइ मात्रै हाे?

Subscribe PURBELI TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

पुर्वाञ्चलकाे भेट्रान दमककाे फराकीलाे जित

तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगितास : बिर्तामोड भेट्रानलाई ० का बिरुद्ध ४ गाेल गर्दै उर्लाबारी भेट्रान बिजयी

दुई स्रष्टा सम्मानित

मोरङको पथरीशनिश्चरेमा ४ सय २० महिलाको क्यानसर परीक्षण

तपाईको प्रतिक्रिया

Loading…