बराहक्षेत्र चतरामा दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला शुरु, मुख्यमन्त्री शेरधन राईले गरे उद्घाटन

धरान / नेपालकै महत्वपूर्ण मानिएको धार्मिक मेला दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला आजबाट सुनसरीको बराहक्षेत्र नगरपालिका चतरामा शुरु भएको छ । महाकुम्भको उद्घाटन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले गर्नुभएको छ । सपटकको धार्मिक महाकुम्भ मेला शुरु भएसंगै यसलाई सफलतापूर्वक सम्पन्न गर्न प्रदेश सरकार, स्थानीय सरकार बराह क्षेत्र नगरपालिका, चतराबासी, धर्म गुरुहरु, स्थानीय प्रशासन लागि परेका छन् । उनीहरुले एक महिनासम्म चल्ने यो अर्धमहाकुम्भ मेलालाई हरेक दृष्टिकोणले सफल बताउने प्रतिबद्धता समेत जनाएका छन् ।

चैत्र २३ देखि ०७६ वैसाख २४ गते अर्थात एक महिना सुनसरीको प्राचीन हरिद्वार चतरामा प्रदेश नं. १ का म्ख्यमन्त्री शेरधन राईले उद्घाटन गरेसंगै विधिवत रुपमा शुरु भएको छ । वेद तथा स्कन्द पुराणमा समेत उल्लेख भएको चतराको महिमालाई जीवन्तता दिन र देश विदेशसम्म यसको महिमा फैल्याउने उद्देश्यले आयोजना गरेको यो कुम्भ मेला सफल बनाउन प्रदेश सरकार गम्भीर रहेको मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । उहाले सुनसरीको चतरालाई केन्द्र विन्दु बनाएर पूर्वमा रहेका धार्मिक क्षेत्रहरुलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न प्रदेश सरकारले योजना अगाड बढाएको बताउनुभयो । उहाले धार्मिक पर्यटनसगै सप्तकाशीलाई जल पर्यटनका हव बनाएर लाने प्रतिबद्धता समेत जनाउनुभयो ।

अर्धमहाकुम्भ मेला आयोजन समितिमात्र हैन चतराका सन्त महासन्तले समेत यस मेलालाई सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । चतराका धार्मिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउदै आउनु भएका कृष्णदाश महाराजले बालसन्त महाराजले ६ बर्ष अगाडि शुरु गर्नुभएको कुम्भ मेलालाई सबैले सहयोग गर्नुपर्न बताउनुभयो । उहाले धार्मिक पर्यटकीय क्षेत्र पुराणमा समेत वर्णन गरिएको यस क्षेत्रका वकासमा अब संघ, पदेश तथा स्थानीय सरकाले सहयोग गर्नुपर्ने बताउनुभयो ।

सम्बोधन गर्ने अधिकांश वक्ताहरुले चतरा सुनसरीको मात्र नभई प्रदेश तथा मुलुककै महत्वपूर्ण तथा ऐतिहासिक धार्मिक क्षेत्र भएको बताएका थिए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सुनसरीको चतरा मुलुककै गहना तथा पदेश नं. १ को धर्मिक पर्यटकीय क्षेत्र भएकोले तीनै सरकारले यसको विकासमा जोड दिनुपर्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा प्रदेश नं. १ का सभामुख प्रदीपकुमार कार्की, संघीय ममिला तथा कानुनमन्त्री हिकमत कार्की, पर्यटन मन्त्री जगदिश कुसैत लगायतले चतरा प्रदेश नं. १ कै गहना भएको बताएका थिए ।

सो अवसरमा धार्मिक क्षेत्रमा योगदान पु¥याउनुहुने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो भने धार्मिक पुस्तकहरु विमोचन गरिएको थियो । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा आलीद्वारा गरिने भनिएको भए पनि मौसम खराबीका कारण उहा उपस्थित हुन सक्नु भएन । तर उहाले कु्म्भ मेला सफलता पूर्वक सम्पन्नको शुभकामना भने दिनुभएको थियो । उहाले पठाउनु भएको शुभकामना कार्यक्रम सञ्चालकले पढेर सुनाउनु भएको थियो । जे होस् नेपालकै महत्वपूर्ण मानिएको यो मेलाका लागि देश तथा विदेशबाट आउने भक्तजनको सुरक्षा, आवास, शौचालय, विद्युत लगायतका सम्पूर्ण सेवा भने उपलब्ध गराएको छ । यस्ता खालका धार्मिक मेलाले धार्मिक क्षेत्रको महत्व बढेर जाने उपस्थित भक्तजनहरुले गरेका छन् ।

Subscribe Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरानको जिरो प्वाइन्टमा दुर्घटना हुँदा सविन राईको मृत्यु

धरानमा सुरू भयाे चित्रकला मेला ०७६

धरान पिण्डेश्वरमा श्राद्ध गर्नेहरुको भीड

सल्लेरी र शिखर सगरमाथा सुनचाँदी इण्डष्ट्रिजबाट ठगिएका बचतकर्ताहरुले गरे पत्रकार सम्मेलन, कांग्रेस नेतासमेतको मिलेमतोमा ठगी भएको आरोप

बराह बचत तथा ऋण सहकारी संस्थाको १० औ बार्षिक साधारणसभा सम्पन्न

धरानमा प्रदेश स्तरीय अण्डर १४ फुटबल प्रतियोगिता

धरानमा लागू औषधसहित तीन जना पक्राउ

फुस्रेको पूरानो साख फर्काउदै ‘बीपी पार्क’ ( १५ तस्विरहरू)

धरानमा जुवा खेलिरहेको ३ लाख नगदसहित ९ जना पक्राउ

१४ वर्षीया किशोरीलाई होटलको कोठामा बन्धक बनाएर ‘८ दिनसम्म वलात्कार’

तपाईको प्रतिक्रिया

Loading…