सुकुना क्याम्पसमा काँग्रेस र नेकपाको शत्ति प्रर्दशन, बिद्यार्थीको भविश्य कता ?

विराटचोक । प्रदेश १ मै अब्बल मानिएको सुन्दरहरैचास्थित सुकुना बहुमुखी क्याम्पस केहीदिन यता अशान्त बन्दै गएको छ । दैनिक भईरहेका आन्दोलनले क्याम्पस थिलथिलो बन्दै गएको छ । उच्च शिक्षा आर्जन गर्ने क्याम्पस यतिबेला राजनीतिक पार्टीको शत्ति प्रर्दशन गर्ने थलो बनेको छ । क्याम्पसमा क्याम्पस प्रमुख सहितका प्राध्यापकहरुले दोहोरो सुविधा लिएको भन्दै नेबिसंघले शुरु गरेको बिरोध कार्यक्रममा बुधबार क्याम्पस हातामै नेबिसंघका नेता कार्यकर्ता कुटिएको भन्दै नेबिसंघ आन्दोलित छ । बिहिबार र शुक्रबार सोही घटनाको बिरोधमा नेबिसंघले आन्दोलन गरेको थियो । शुक्रबार बिहान भएको बिरोध रयालीमा एकजना पत्रकार कुटिएको र प्राध्यापक समेत कुटिएको भन्दै अखिलले शुक्रबार साँझ बिराटचौकमा बिरोध रयाली गरेको छ । आन्दोलनका कारण ३ दिनदेखि क्याम्पस बन्द अबस्थामा रहेको छ । क्याम्पस बन्द हुँदा हजारौ बिद्यार्थी शिक्षा लिनबाट बञ्चित भएका छन ।

शुक्रबार बिहान नेबिसंघको बिरोध रयालीमा भिडियो खिच्ने क्रममा पत्रकार निकेश बराल कुटिएको भन्दै केही मिडियामा समाचार प्रकाशित भयो भने केही सञ्चार समबद्ध संघसंस्थाले बिज्ञप्ती प्रकाशित गरे । कुटपिटको आरोप लागेका नेबिसंघ क्षेत्रिय सभापति होमनाथ पोख्रेलले भने आफुले कुटपिट नगरेको बताएका छन । नेबिसंघ र प्रेस युनियनले भने बिज्ञप्ती प्रकाशित गरी निकेश पत्रकार नभएको र अखिलको कार्यकर्ता भएको जनाएका छन ।

सुकुना बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीकुमार श्रेष्ठ सहित त्याँहा कार्यरत १३ जना प्राध्यापकले लिइरहेको दोहोरो सुविधा खारेज गर्न नेविसंघले माग गर्दै आएको छ । बुधबार सोही माग लिएर क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाउन खोज्दा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीबीच झडप हुँदा ४ जना घाइते भएका थिए । सुनियोजित आक्रमण गरेर विद्यार्थी घाइते बनाएको भन्दै नेविसघं र महिला संघले बिहीबार क्याम्पस गेटमा धर्ना दिएर कोणसभा गरेका थिए । नेबिसंघका नेता तथा कार्यकर्ता कुटेको भन्दै नेविसंघले सुकुनाका स्ववियु सभापति सन्तोष लिम्बू, अनेरास्वबियु सुकुना क्याम्पस कमिटिका अध्यक्ष मिलन बस्नेत, लगायतका नेताको नाममा जाहेरी दिएको छ । जाहेरी दिएपनि उनिहरु भने पक्राउ परेका छैनन ।

उत्पन्न समस्या बार्ताको माध्यमवाट समाधान गर्न क्याम्पस बन्द गरेको क्यामपस प्रशासनको भनाई छ । तरपनि समस्या बिकराल बन्दै गएको छ । क्याम्पस प्रशासनले वार्ताका लागि वातावरण नवनाएको नेविसंघको आरोप रहेको छ । प्रदेशमा उत्कृष्ट क्याम्पसको छबि बनाएको क्याम्पस दैनिक रुपमा बिभिन्न बहानामा भईरहेको आन्दोलनले धराशायी बन्दै गएकोमा स्थानीय बासिन्दा भने चिन्तित बनेका छन । बिद्यार्थीहरुमा भने अब के हुने भन्ने अन्यौलतका कायमै रहेका बेला स्थानीय शिक्षासेवी तथा बुद्धिजीविहरु भने वार्ता र संवादका माध्यायमबाट समस्याको हल खोजिनुपर्ने बताउँछन ।

Purbeli TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

हरित नगरी र बेलको शहर बन्दै बेलबारी

बेलबारी प्लाष्टिक झोला मुक्त नगर घोषणा

बेलबारीमा पहिलोपटक आदिबासी जनजातिको संस्कार र संस्कृति प्रर्दशनी ( तस्विरहरु सहित)

सुकुना क्याम्पसमा काँग्रेस र नेकपाको शत्ति प्रर्दशन, बिद्यार्थीको भविश्य कता ?

प्रदेश १ को नाम कोशी र राजधानी बिराटनगर

हिँउदे अधिबेशनले तोक्ला त प्रदेश १ को नाम र राजधानी ?

आर्थिक अभावका कारण दिदिभाई बने दृष्टिबिहिन

आदिबासी जनजातिमा सुचिकृत गर्न कुलुङ जातिको माग

यसकारण पुर्वाञ्चल बिश्वबिद्यालय गोठगाँउमा उपर्युक्त

भेडेटारदेखि हेलिकप्टरमा हिमाल, पहाड तराईको आकाश हुँदै प्रसिद्ध पाथिभराको दर्शन

तपाईको प्रतिक्रिया

Loading…