पौष १६ देखी धरानमा इन्द्र वराह मेमोरियल एमच्योर ओपन गल्फ प्रतियोगिताकाे पाचौ संस्करण

धरान  / इन्द्र वराह मेमोरियल एमच्योर ओपन गल्फ प्रतियोगिताको पाचौ संस्करण यही पौष १६ गते हुने भएको छ । आयोजक धरान गल्फ क्लबले बराह ज्वेलरी इण्ष्ट्रिज प्रा.लि.को भवनमा आयोजित पत्रकार सम्मेलनमा आगामी चैत्र १६ गते धरान १८ निर्वाणा कन्ट्री गल्फ रिसोर्टमा आयोजना हुन लागेको जानकारी दिएको हो । २०७१ सालमा बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि र धरान गल्फ क्लबबीच १५ बर्षको सम्झौता अनुरुपको पाचौ संस्करणमा महिला र पुरुष गरी ५६ जना गल्फ खेलाडीहरुले प्रतिष्पर्धा गर्ने आयोजक धरान गल्फ क्लबका अध्यक्ष टीका लिम्बुले जानकारी दिनुभयो ।

बार्षिक रुपमा १ लाख दिने सहमति अनुरुप प्रत्येक बर्ष आयोजना हुदै आएको प्रतियागितामा यस पटक भने २० प्रतिशत बढाएर १ लाख २० हजार प्रतियोगिताको लागि सहयोग गरेको बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिका धरान शाखा प्रमुख मानबहादुर दियालीले बताउनुभयो ।

व्यवसायसंगै सामाजिक कार्यमा अग्रसर बराहले खेलकुदमा पनि केही सहयोग पुगोस भन्ने उद्देश्यले बराहका परिकल्पनाकार स्व. इन्द्रबहादुर लामिछानेले धरान गल्फ क्लबको कोषाध्यक्ष हुदा गरेको सहमतिलाई निरन्तता दिदै आएको शाखा प्रमुख दियालीले बताउनुभयो । उहाले बराहले गल्फ खेलका लागि निरन्तर सहयोग गर्दा गल्फ खेलाडी उत्पादनमा केही सहयोग पुगेको बताउदै अब स्थानीय र प्रदेश सरकारले धरानको गल्फ खेललाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने खेलाडीलाई १२ हजार, दोस्रो हुनेलाई ७ हजार र तेस्रो हुनेलाई ५ हजार बराबरको पुरस्कारका साथै ट्रफी प्रदान गरिने भएको छ । यस्तै महिलातर्फ प्रथम हुने खेलाडीलाई ५ हजार र दोस्रो हुने खेलाडीलाई ४ हजार र ट्रफी प्रदान गरिन भएको छ । यस्तै प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्कार (ग्रस) र दोस्रो पुरस्कार (ग्रस) लाइर्ए क्रमश १० हजार ६ हजार प्रदान गरिने भएको छ । यसैगरी प्रतियागितामा मष्ट बडी, लंङ्गेष्ट ड्राइभ र नियरेष्ट टु दि पिन खेलाडीहरुलाई जनही ३ हजारसहित ट्रफी प्रदान गरिने भएको छ ।

पूर्वकै एकमात्र गल्फ रिसोर्ट मानिएको बीपी प्रतिष्ठानभित्र रहेको निर्वाणा कन्ट्री गल्फ रिसोर्टमा सूर्य इस्टर्न गल्फ प्रतियोगिता, सुनसरी टेक्निकल इमेच्योर गल्फ प्रतियोगिता लगायतका धेरै प्रतियोताहरु हुने गरेका छन् ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरानका बालबालिकाहरूले यसरी सम्झिए स्व. मेयर सुब्बालाई (तस्विरहरू सहित)

धरानमा मोटरसाइकल चोर पक्राउ

धरानमा सुन टल्काइदिन्छु भन्दैे सुन ठगी गर्ने दुई भारतीय प्रक्राउ

बुटवल तथा धरानमा एन्फा एकाडेमीमा प्रशिक्षण शुरु, नेपाल अधिराज्यभरिबाट ५२ जना छनौट

धरानमा दिउँसै गोली प्रहार,जीवन बिकास संस्थाको लुटयो ४ लाख

धरान उपमहानगरपालिकाले मजदुरहरुको सूचिकृत गर्ने

धरानकाे तिनवटै दमकल काम नलाग्ने अवस्थामा

बराहक्षेत्र चतरामा दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला शुरु, मुख्यमन्त्री शेरधन राईले गरे उद्घाटन

सुनसरीको बराहक्षेत्रमा दोस्रो अर्धमहाकुम्भ मेलाको सम्पूर्ण तयारी पूरा (४२ तस्विरहरू)

धरानदेखि विष्णुपादुका भन्ज्याङसम्म पुग्ने २३ किलोमिटर कच्ची सडकको स्तरान्नति हुँदै

तपाईको प्रतिक्रिया

Loading…