अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीले कानुनी शासन उल्लंघन गरेको उच्च अदालतको टिप्पणी

काठमाडौ‌ं । उच्च अदालत पाटनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले राज्यसंयन्त्रलाई ‘यान्त्रिक अभ्यास’ मा लैजान खोजेर मुलुकको कानुनी शासन उल्लंघन गरेको टिप्पणी गरेको छ। पत्रकार कुन्दनमणि दीक्षित, साझा प्रकाशनका अध्यक्ष कनकमणि दीक्षितलगायतको जग्गा हदबन्धीसम्बन्धी मुद्दामा उच्च अदालतले अख्तियारले आफ्नो क्षेत्रबाहिर गएर निर्णय गरेको ठहर्याएको हो।

न्यायाधीशद्वय रमेशप्रसाद भण्डारी र अग्निप्रसाद थपलियाको इजलासले नेपाली नागरिकको जग्गा जफतको निर्णय गर्ने अधिकार अख्तियारलाई नरहेको भनी टिप्पणी गरेको छ। कार्कीको निर्देशनमा त्यतिबेला भूमिसुधार अधिकारी उपसचिव शान्तिराज प्रसाईंले निर्णय गरेका थिए।

कार्की अख्यिारबाट पदच्युत भएको दुई वर्ष बितिसकेपछि उनका कारण कतिपयले लामो समय झुटो मुद्दा सामना गरी तनाव बेहोरेका छन्। कतिपय मुद्दा अदालतमा विचाराधिन छन्। कार्कीकै निर्देशनमा राजस्व अनुसन्धान विभागका तत्कालिन निर्देशक निर्मलहरी अधिकारीले दीक्षित परिवारमाथिको छानविन थालेका थिए। आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…