७४ वर्षीय वृद्धले गरे आँखा अस्पताल निर्माण गर्न डेढ करोड दान

काठमाडौं । भरतपुरका भीमराज पाठक दृष्टिविहीनको पीठा देख्दा निकै दुःखी थिए । दृष्टिविहीनलाई कसरी उज्यालो संसार देखाउने उपायको खोजीमा धेरै तिर भौतारिए उनी । एक दिन साथीसँगको सल्लाहमा आँखाको नानी प्रत्यारोपण गर्न सकिने थाहा पाए ।

त्यसका लागि सुविधा सम्पन्न अस्पताल चाहिने भएपछि उनलाइ केही गरौँ भन्ने भावना जाग्यो । अनि आँखा बैंक स्थापनार्थ डेढ करोड रुपैयाँ दान गरे । भरतपुर आँखा अस्पतालमा नानी संकलन केन्द्र स्थापनाका लागि ७४ वर्षीय पाठकले पूर्वी चितवनको एक बिघा जग्गा दान गरेका हुन् ।

‘आँखा देखाउने काममा दान गर्न पाउँदा मन रमाएको छ,’ पाठकले भने, ‘आँखा नभएकाले संसार देखाउन पाएँ भने मेरो खुसी त्यही हो ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…