बनको जग्गामा नेम्वाङको ट्रायल सेन्टर

पथरी / मोरङ उर्लाबारी नगरपालिका २ मा रहेको सालबारी सामुदायीक बनको जग्गामा पथरीशनिश्चरेको नेम्वाङ ड्राईभिङ स्कुलले आफ्नो ट्रायल सेन्टर निमार्ण गरेको छ । सालबारी सामुदायीक वन र ड्राइभिङ सेन्टरले पथरीशनिश्चरेको जय चौक क्षेत्रमा पर्ने उक्त जग्गा लिखित सम्भैता नै गरि ट्राईल सेन्टर निमार्ण सुरु गरेको छ ।

दमकमा रहेको नेम्वाङ ड्राभिङ सेन्टरले आफ्नो शाखा पथरीशनिश्चरेमा खोलि महेन्द्र राजमार्गमा ड्राईभिङ सिकाउदै आएको छ । पथरीशनिश्चरेको जय चौकमा रहेको सालबारी सामुदायीक वन र कानेपोखरीमा पर्ने ग्रामिण सुधार सामुदायीक वनको जग्गामा ड्राईभिङ सेन्टरले ट्रयल गराउदै आएको हो । यति मात्र हैन राजमार्गको जग्गा मिची ड्राभिङ सेन्टरले ट्राईल स्थल र राजमार्गलाई सिक्ने ठाँउ बनाउदै आएको छ । तर नेम्वाङ ड्राईभिङ स्कुलले नियम बिपरित कार्य गर्दै आउदा पनि ट्राफिक प्रहरी मुग्दर्शक बनेको देखिन्छ । सो बिषयमा ट्राफिक प्रहरीलाई जानकारी गराउदा आफुहरु बोल्न नमिल्ने भन्दै जिल्लामा सोध्नु पर्ने बताए ।

सानो बाटो भएका कारण र जंगल एरिया भएकाले कानेपोखरी र मंगलबारी बिचमा अत्याधिक दुर्घटना हुने गरेको छ । त्यस्मा पनि ड्राभिङ स्कुलहरुले सिकारु स्थल बनाउदा यातायात आवत जावतमा जोखिम बढ्ेको देखिन्छ । साल्बारी सामुदायीक वनमा बुझ्न जादा सामुलायीक वनका कुनै पनि प्रतिनिधीले यस्को जवाफ दिन मानेन्न ।

यता सेक्टर वन कार्यलय उर्लाबारी मंगलबारेले भने गस्तिका क्रममा देखीउकोले वन नियम अन्तरगत त्यस्तो गर्न गराउन नपाईने भएकाले त्यस्को लगतै सामुदायीक वनलाई उक्त निमाण कार्य रोकी हटाउन पत्र लेखि सकेको रेन्जर अमुत बहादुर लिम्बुले बताए । यता ड्राइभिङ सेनटरका संचालक अनुप नेम्वाङ र सालबारी सामुदायीक वनका तर्फबाट अध्यक्ष नरेन्द्र थापा बिच उक्त जग्गा ५ बर्षका लागि वार्षीक १० हजारका दरले दिने फागुन १८ गते संझैता भएको छ ।

ड्राभिङ सेन्टरका संचालक नेम्वाङले भने क्यामरामा नबोल्ने भन्दै लिखित सम्झैता अनुरुप आफुहरुले गरेको तर त्यसकार्यमा अवरोध आएका कारण निमार्ण कार्य रोकेको बताए । तर यता सम्झैता अनुरुप पहिलो किस्ता फागुन २० गते सालवारी सामुदायीक वनले लिसकेको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरी असुरक्षित र अशान्त बन्दा सिंघमको चर्चा

पथरीशनिश्चरेका ५० प्रतिशत निजी बिध्यालय बिनाअनुमती कक्षा संचालन

प्रहरी स्कटिङ मै नम्बर प्लेट बिनाकाे गाडी ! , किन यस्ताे भन्दा उल्टै गाडीमा सबार भारतीय मूलका जस्ता देखिने व्यक्तीहरू द्वारा दुर्ब्यहार ( ८ तस्विरहरू सहित)

पथरीमा खुल्ला नकाउट फुटवल हुने

मोरङको कानेपोखरीमा झोलुङ्गे पुल बन्ने भएपछि स्थानियहरु हर्सित

सरकार बिकासे गतिमा जनताको साथमा : प्रधानमन्त्रीको आव्हान

सुनबर्शीमा प्रदेश स्तरिय तेश्रो ढल्के जोवन गोल्ड कप आयोजना हुने, प्रथम पुरस्कार २ लाख ११ हजार

प्रधानमन्त्री आउने भएपछि रातरात वाटो कालोपत्रे

लेटाङमा एक बालिका बलात्कृत

बनको जग्गामा नेम्वाङको ट्रायल सेन्टर

तपाईको प्रतिक्रिया