वीपी प्रतिष्ठान उपकुलपति विवाद : सर्वोच्चकाे फैसला संगै रौनियारले गरे पुनः पदवहाली

बीपी प्रतिष्ठानमा दुई उपकुलपति

धरान / सिनेटको सिफारिसमा मन्त्रि परिषदबाट बर्खास्तमा पर्नु भएका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सर्वोच्च अदालतले दिएको आदेश भन्दै प्रा.डा. राजकुमार रौनियारले पुनर्वहाली गरेपछि भने अहिले बीपीमा अन्यौलता छाएको छ । उपकुलपतिमा प्रा..डा रौनिायार नियुक्ति भएर आएदेखि नै प्रतिष्ठानभित्र भ्रष्टाचार बढेको, प्रतिष्ठानका आर्थिक तथा प्रशासनिक क्षेत्र तहस नहस भएको भन्दै अख्तियार् तथा प्रधानमन्त्रीको कार्यालयले छानविन शुरु गरेको थियो । तत्कालीन प्रधानमन्त्रीका सलहकार केदाबहादुर अधिकारीको संयाजकत्वमा गठन भएको छानविन समितिले उपकुपति रौनियाका कार्यकाल अस्तव्यस्त र भ्रष्टाचार बढेको भन्दै प्रधानमन्त्री समक्ष पेश गरेको थियो ।

सोही छानविन समितिले सिनट वैठकमा निर्णय गर्नका लागि स्वास्थ्यमन्त्री उपेन्द्र यादवसहित दुई सिनेटर रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र रेक्टर प्रा डा. गुरु खनाल सदस्य भएको समितिल पनि सोही अन्पकै प्रतिवेदन तयार पारेपछि उहालाई गत फाल्गुण १६ गतेको सिनेटको वैठकले बर्खास्त गर्न प्रधानमन्त्री समक्ष सिफारिस गरको थियो । सो सिफारिसलाई प्रतिष्ठानको कुलपति भएको हैसियतले प्रधानमन्त्री फाल्गुण २६ गते बर्खास्त गरेको हो । तर उपकुलपति प्रा.डा. रौनियारले सर्वोच्च अदालतले तत्काल निर्णय कार्यान्वयन नगर्न दिएको आदेशका पत्रसहित प्रतिष्ठान आएपछि भने अहिले प्रतिष्ठानभित्र अन्यौलता छाएको हो ।

सिनेटको बैठकको निर्णयलाई प्रधानमन्त्रीले सदर गरिसकेपछि चैत्र ४ गते प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा गुरु खनाललाई कामु उपकुलपतिको अधिकार दिएपनि पुन : सर्वोच्च अदालतले दिएको स्टे अडर बोकेर उपकुलपछि प्रा.डा रौनिजयार पुन काममा फर्किएपछि भने प्रतिष्ठानको आधिकारीक व्यक्ति को हो भन्ने कुरामै अन्यौलता बढेको हो । बर्खास्तपछि स्टे अडर लिए आउनु भएका प्रतिष्ठानका उपकुलपति प्रा.डा रौनियारले आफू अन्यायमा परेको बेला सर्वोच्च अदालतले गरेका फैसलाको स्वागत गर्दै आफूलाई राहत मिलेको बताउनुभयो ।

स्वागत र सम्मानसाथ प्रतिष्ठान पुग्नु भएका उहाले प्रतिष्ठान धरासायी बन्दै गएकोले अब सबै मिलेर यसको शााख जोगाउनपर्ने बताउनुभयो । यता प्रतिष्ठानमा अन्य पदाधिकारीहरुले भने चैत्र १२ गतेसम्म निर्णय कार्यान्वन नगर्नु नगराउनु भन्ने अदालतको आदेश भएपनि उहालाई पुनर्वहाली गरिएको कुरा कही उल्लेख नगरेको तर्क राख्ने गरेका छन् । प्रतिष्ठानका शिक्षाध्यक्ष एवम् निमित्त उपकुलपति प्रा.डा. गुरु खनालले सिनेटले वहुमतले पारित गरेको निर्णय प्रधानमन्त्रीले सिधै स्वीकृत गर्न पाउने अधिकार प्रतिष्ठानको नियमावलीमा उल्लेख भएको बताउनुभयो ।

आफूलाई अन्याय भएको भन्दै बर्खास्तामा परेका उपकुलपति प्रा.डा रौनियारले सर्वोच्च अदालतमा रिट दायर गरेपछि अदालतले रौनियालाई हटाउनुको कारणबारे चैत्र १२ गतेसम्म कारण देखाउन आदेश दिएको र सो बेलासम्म निर्णय कार्यान्वयन गर्न सर्वोच्चले आदेश दिएको तर पुनवर्हाली भने नगरेको प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले बताउनुभयो । सर्वोच्चको आदेशले आफुलाई न्याय गरेको भन्दै साढे ११ बजे प्रतिष्ठानमा आएर उपकुलपति पा.डा रौनियाले पदवहाली गर्दा उहालाई स्वागत गर्न उहाका पक्षधर कर्मचारीको भीड लागेको थियो ।

लामो समयदेखि अस्तव्यस्त भएको प्रतिष्ठानलाई अब जसरी भएपनि निकास दिन आवश्यक छ । यसमा नेपाल सरकारले उचित निकास नदिए एसियाकै प्रतिष्ठित अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञानको शाख नगिर्ला भन्न सकिन्न । यसतर्फ चाडो भन्दो चाडो सरकारले निकास दिन जरुरी छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…