चौथो नगर फुटवलमा वडा नं. २ लाई पाखा लगाउदै १ सेमिफाईाल प्रबेश

पथरी / चौथो नगर स्तरिय खुला नक आउट फुटवल प्रतियोगिताको आजको खेलमा वडा नम्वर १ विजयी वनेको छ । साविककाे विजेत वडा नम्वर १ र उपबिजेता २ का विचमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा वडा नम्वर १ ले २ लाई ट्राईबेकरमा ३/५ गाेल अन्तरले पाखा लगाउदै वडा नं. १ विजयी भएकाे हाे । खेलको ३५ अाै मिनेछमा वडा नम्वर २ का सुनिल लिम्वुले गोल गरे पनि दोस्रो हाफकाे ४५ र ४७ औ मिनेटमा सुमन राईले एक पछि अर्काे गोल गर्दै खेल २/१ काे अग्रत दिलाए ।

प्रत्येक सिजनकाे विजेता उपबिजेता बन्दै अाएकाे वडा नं. १ र २

निकै उत्कृष्ट खेल प्रदशन गरेकाे २ ले खेलको ६० औ मिनेटमा कवि राईकाे गाेल मार्फत खेल बरारबिमा पुर्यायाे । थप गोल गर्दा खेलको नतिजा ३–२ अन्तर भएको थियो । खेल सकिन १ मिनेट वाकी रहँदा वडा नम्वर २ का गोलरक्षकले डिवक्समा गरेकाे गल्तीकाे फाईदा उठाउदै साईमन राईले गाेल गरे । साईमनले पाएको फ्रि किकलाई सदुपयोग गर्दै खेल बराबरीमा पुर्याए त्यस पछि कुनै गाेल हुन सकेन खेल ट्राईबेकरमा लम्कियाे ।

ट्राईवेकरमा वडा नम्वर १ का सुमन राई, मिन धिमाल, नियन लिम्वु, विशाल पाण्डे र साईमन लिम्वुकाे प्रहार गाेल भयाे । वडा नं. २ का सन्तोष न्यौपाने, सनम तामाङ, सन्दिप मगरले प्रहार गरेको वल गोलमा परिणत भएको थियो भने असिम राईले प्रहार गरेको वल वाहिरिदा खेल वडा नम्वर १ काे पाेल्टामा पर्याे । भोलीको पहिलो सेमिफाईनल खेल वडा नम्वर ५ र वडा नम्वर ९ का विचमा हुने खेल संयोजक विकी राईले जानकारी दिएका छन् । खेलको म्यान अफ दि म्याच वडा नम्वर १ का सुमन राई घोषीत हुदै नगद १ हजार ५ सय ट्रफि हात पारेका छन् भने उनको प्रतिभा लाई प्रोत्साहन गर्न नगर खेलकुद विकाश समितिका अध्यक्ष मनि लिम्वुले थप रकम थपेर हौसला प्रदान गरेका छन् ।

बुद्ध युथ क्लबको आयोजनामा संचालन भैरहेको प्रतियोगिताको बिजेता वडाले नगद ५१ हजार पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्ने छ भने उपबिजेता बन्ने वडाले ३१ हजार नगद , ट्रफी र मेडल प्राप्त गर्ने छ । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर , उत्कृष्ट फर्वाड, उत्कृष्ट खेलाडी , उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने आयोजक क्लवका अध्यक्ष मदन राईले बताए । बिधागत बिजेताहरुले जनहिं २५ सय रुपैयाँ र ट्रफी प्राप्त गर्ने आयोजकले बताएको छ प्रतियोगितामा नगरपालिका भित्रका १० वडाको सहभागीता रहने छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरीमा पुन भेटीयो महिलाको शव , रिना मृत्यू प्रकरण भएकाे ५ महिना नबित्तै भटिए ५ शव

आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

मोरङको पथरीमा बस दुर्घटना : एकको मृत्यु, १६ घाईते ( १५ तस्विरहरू सहित)

सर्वोच्चको फैसला कार्यन्वयन नगरेको भन्दै पथरीमा स्थानियले दिए आन्दोलन गर्ने चेतावनी

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

तपाईको प्रतिक्रिया

Loading…