पथरीमा जारी नगर कप फुटबलमा वडा नम्बर ९ बिजयी

पथरी / चौथो नगर स्तरिय खुला नक आउट फुटवल प्रतियोगिताको मंगलवारको खेलमा वडा नम्वर ९ ले वडा नम्वर ७ लाई ५ गोद गर्दै विजयी भएको छ । गत फागुन १७ गते देखी सुरु भएको सो प्रतियोगिमा अहिले दोस्रो चरणका खेलहरु भईरहेका छन् । खेलमा वडा नं. ९ का घनश्याम चौहानले खेलको २४ औं मिनेटमा गोलको खाता खोलेका थिए भने खेल अवधि भर दवावमा राखेको वडा नं. ९ ले दोस्रो हाफको १९ औ मिनेटमा साईन राईले थप गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।

खेलको २६ औ वडा नम्वर ९ का प्रकाश चौहान थप गोल गर्न सफल भए त्यसको लगतै सेनेहाङ लिम्वू र सन्दिप धिमालले थप गोल गर्दै जितलाई सुनिश्चीत वनाएका थिए भने वडा नम्वर ७ का तर्फ वाट भने एक मात्र सात्वना गोल पहिलो हाफको २१ औ मिनेटमा पविन लिम्वूले गरेका थिए भने थप गोल गर्न सक्दा सो वडा प्रतियोगिता वाट वाहिरिएको छ । मंगलवारको खेलको म्यान अफ दि म्याच वडा नम्वर ९ का सेनेहाङ लिम्वू घोषीत हुदै नगद १ हजार ५ सय र ट्रफि हात पारेका छन् । भने भोलिको खेल वडा नम्वर १ र २ विचमा हुने खेल संयोजक विकी राईले वताए ।

बुद्ध युथ क्लबको आयोजनामा संचालन भैरहेको प्रतियोगिताको बिजेता वडाले नगद ५१ हजार पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्ने छ भने उपबिजेता बन्ने वडाले ३१ हजार नगद , ट्रफी र मेडल प्राप्त गर्ने छ । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर , उत्कृष्ट फर्वाड, उत्कृष्ट खेलाडी , उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने आयोजक क्लवका अध्यक्ष मदन राईले बताए ।

बिधागत बिजेताहरुले जनहिं २५ सय रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन भने प्रत्येक दिनको मेन अफ द म्याचले १५ सय रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ। प्रतियोगितामा नगरपालिका भित्रका १० वडाको सहभागीता रहने छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरीमा पुन भेटीयो महिलाको शव , रिना मृत्यू प्रकरण भएकाे ५ महिना नबित्तै भटिए ५ शव

आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

मोरङको पथरीमा बस दुर्घटना : एकको मृत्यु, १६ घाईते ( १५ तस्विरहरू सहित)

सर्वोच्चको फैसला कार्यन्वयन नगरेको भन्दै पथरीमा स्थानियले दिए आन्दोलन गर्ने चेतावनी

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

तपाईको प्रतिक्रिया

Loading…