पथरीमा जारी नगर कप फुटबल प्रतियोगितामा वडा नम्बर ९ बिजयी

पथरी / मोरङ्गको पथरी शनिश्चरेमा जारी नगर कप फुटबल प्रतियोगिताको आतबारको खेलमा वडा नं. ९ विजयी भएको छ । वडा नं. ९ ले वडा नम्बर ४ लाई १ का विरुद्ध ३ गोल गर्दैे दोस्रो चरणमा पुगेको छ । पञ्चायत मावीको खेल मैदानमा सम्पन्न खेलमा दोस्रो हाफको ३३ औँ मिनेटमा दिपेश धिमाल, ३७ औं मिनेटमा विनोद राई र ४७ औँ मिनेटमा घनश्याम चौहानले गोल गर्दै वडा नम्बर ४ लाई पराजित गरेको हो । वडा नम्वर ४ का तर्फवाट खेलको ५५ औ मिनेटमा राहुल क्षेत्रिले १ मात्र सान्त्वना गोल गरेका थिए ।

आजको खेलकोे म्यान अफ द म्याच वडा नम्वर ९ का दिलिप धिमाल घोषित हुदै नगद १ हजार ५ सय र ट्रफि हात पारेका छन् भने म्यान अफ दि म्याचको पुरस्कार राष्ट्रिय फुटवल खेलाडी दिपक राईले प्रदान गरेका छन् । सोमवारको खेल वडा नम्बर १ र १० बीच हुने खेल संयोजक विक्की राईले बताएका छन् । बुद्ध युथ क्लबको आयोजनामा संचालन भैरहेको प्रतियोगिताको बिजेता वडाले नगद ५१ हजार पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्ने छ भने उपबिजेता बन्ने वडाले ३१ हजार नगद , ट्रफी र मेडलमा चित्त बुझाउनु पर्ने छ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर , उत्कृष्ट फर्वाड, उत्कृष्ट खेलाडी , उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने आयोजक क्लवका अध्यक्ष मदन राईले बताए । बिधागत बिजेताहरुले जनहिं २५ सय रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन भने प्रत्येक दिनको मेन अफ द म्याचले १५ सय रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ। प्रतियोगितामा नगरपालिका भित्रका १० वडाको सहभागीता रहने छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

पुर्वाञ्चलकाे भेट्रान दमककाे फराकीलाे जित

तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगितास : बिर्तामोड भेट्रानलाई ० का बिरुद्ध ४ गाेल गर्दै उर्लाबारी भेट्रान बिजयी

दुई स्रष्टा सम्मानित

मोरङको पथरीशनिश्चरेमा ४ सय २० महिलाको क्यानसर परीक्षण

तपाईको प्रतिक्रिया

Loading…