झापा गोल्ड कप : शसस्त्र प्रहरी क्वाटरफाइनलमा प्रवेश

बिर्तामोड / चौथो मगमग झापा गोल्डकप अन्तर्गतको दोस्रो दिन भएको खेलमा शसस्त्र प्रहरीको एपीएफ क्लब मोरङ ११ लाई १–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । एपिएफले मोरङका तीन जना खेलाडी काठमाण्डौको अन्य क्लबमा अनुबन्धित भएको भनेर अपिल गरेपछि २३ मिनेट खेल रोकिएको थियो । मोरङले अन्य क्लबको रिलिज पेपर देखाउन नसक्दा खेल रोकिएको हो । तर, एपीएफको माथिल्लो निकायबाट खेल खेल्न निर्देशनपछि खेल पुनः सुचारु भएको थियो ।

यसैबीच, ४५+९ मिनेटमा एपीएफले अग्रता लिन सफल भएको थियो । मोरङका गोलरक्षक किशोर गिरी अगाडी बडेको समयमा रमेश दंगालको हेडरमा हरि कार्कीले फ्लिक हेड गर्दा बलले पोष्टको दिशा लिएको थियो । सोही गोलले नै एपिएफका लागि अघिल्लो चरण प्रवेशको लागि ढोका खोलेको थियो । २४ औं मिनेटमा एपीएफका प्रविन स्याङतानको कडा प्रहार मोरङका गोलरक्षक गिरीले पञ्च गरेर फर्काए । ६६ औं मिनेटमा मोरङका डि एरियाबाट गरेको प्रहार एपीएफका खेलाडीले बचाए ।

खेलको म्यान अफ दी म्याच बिजेता टीम एपीएफका हरि कार्की भए । उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाए । सोमबारको खेल मगमग झापा ११ र हङकङ नेप्लिज एकाडेमीबीच हुनेछ । हिम इलेक्ट्रोनिक्सले प्रदान गरेको एक जना भाग्यशाली दर्शकको पुरस्कार अर्जुनधारा नगरपालिकाका पदम चोङवाङले प्राप्त गरेका छन् । उनले २० इन्चको एलइडी टेलिभिजन प्राप्त गरेका थिए । प्रतियोगिताको बिजेताले १२ लाख ५५ हजार र उपबिजेताले ६ लाख ५ हजार रुपैया नगद पाउँने छ । प्रतियोगिताको फाइनल फागुन २७ गते हुने छ ।

खेलपछि पोष्ट म्यच कन्फ्रेन्समा बोल्दै एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले फिफाको नियमानुसार मोरङका खेलाडी बिरुद्ध अपिल गरेकाले केही समय खेल रोकिएको बताए । उनले निरन्तर खेल्नुपर्दा मोरङसँग कठिन जित निस्किएको बताए । पराजित टीमका प्रशिक्षक सञ्जिव बुढाथोकीले मानसिक रुपमा दवाव दिएर र खेलाडीमा बिवाद झिकेर प्रेसरमा खेल्दा पराजित हुनुपरेको बताए । उनले मोरङको टीम कलेक्सन भएकाले वपनि तालमेल नमिलेर हार ब्यहोर्नु परेको स्विकार गरेका छन् ।

Purbeli TV

खोज र समसामयिक बिषयमा कलम चलाउनुहुने भण्डारी पूर्वेली न्युजका झापा सहकर्मी हुनुहुन्छ ।

सुरेन्द्र भण्डारीबाट थप

प्रमाणपत्रका भरमा आयुर्वेद क्लिनिक : कविराज र वैद्यले जाँच्छन् विरामी

आयुर्वेद उपचार पद्दतिमा ब्रह्रलुट : उपचारको क्रममा महिलाको मृत्यु, नियमनकारी निकाय बेखवर

घर पाउँदा नाँचगान : ३४ विपन्न परिवारलाई नयाँ घर, सन्थाल बस्तीमा खुशीयाली (तस्विरहरू सहित)

हिरासतमा बालकको रहस्यमय मृत्यु, प्रहरीले रातारात ग¥यो प्रमाण नष्ट

जसले गरे एयरपोर्टमा यति ठूलो परिर्वतन

चन्द्रगढी विमानस्थलको स्तरोन्नति धमाधम: २९ जनाको जग्गा अधिग्रहण गर्न साढे १३ करोड खर्च (तस्विरहरू सहित)

नाचेर चिनिएकी अनुजा (तस्विरहरू सहित)

जसले फुटवल खेलेरै झापालाई चिनाए

झापा गोल्ड कप : शसस्त्र प्रहरी क्वाटरफाइनलमा प्रवेश

नौमती बाजामा नौ झापाली ब्राम्हण , जातीय संकीर्ण सोचबाट माथि उठेर संस्कृति संरक्षणमा जुट्यो एक्टिभ नाइन समूह

तपाईको प्रतिक्रिया

Loading…