नौमती बाजामा नौ झापाली ब्राम्हण , जातीय संकीर्ण सोचबाट माथि उठेर संस्कृति संरक्षणमा जुट्यो एक्टिभ नाइन समूह

झापा / प्रायजसो शुभकार्यमा अनिवार्य मानिने नौमती बाजा व्यावसायिक हुन सकेको छैन् । पुस्तौदेखि प्रयोगमा आएपनि नौमती बाजा व्यावसायिक हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ । नयाँ पिढीले पुरानो पेशालाई अगाल्न नचाहेपछि नौमती बाजा संरक्षणको पर्खाइमा छ । हरेक शुभ कार्यमा निकै प्रख्यात हुने नौमती बाजाका धुन अहिले गाउँघरमा समेत कम सुनिन थालिएको छ । कारण पश्चिमी संस्कृतिको प्रभावका कारण व्याण्ड बाजाले स्थान ओगटेको छ ।

केही वर्षअघिसम्म नौमती बाजा बजाउन दलित समुदायका दर्जीलाई गाउँघरमा आयोजना हुने शुभकार्यमा भ्याई–नभ्याई हुन्थ्यो । तर, यतिबेला नौमती बाजा बजाउने समुदायका व्यक्ति अन्य पेशामा लाग्न थालेपछि नौमती बाजा संकटमा परेको दलित समुदायका अगुवाहरु नै बताउँछन् । अझ नौमती बाजाका लागि आवश्यक पर्ने सामग्री समेत पाइन छाडेको छ ।

शहरी क्षेत्रमा व्याण्ड बाजाले आफ्नो पकड जमाउनु र समय सान्दर्भिक नौमती बाजाको संरक्षण हुन नसक्दा लोपोन्मुख अवस्थामा रहेको यो बाजाको संरक्षका लागि झापाका ब्राम्हण समुदायका नौ जना युवाले अग्रसरता देखाउँदै नौमती बाजा बजाउन शुरु गरेका छन् । विवाह लगायत जुनसुकै शुभ कार्यमा खुलेरै बाजा बजाउन शुरु गरेपछि नौ ब्राम्हणको चर्चा अहिले झापामा मात्र होइन पूर्वमै चलेको छ ।

‘परम्परागत बाजा, हामी सबैको साझा’ भन्दै झापामा रहेर विभिन्न पेशा र व्यावसाय सञ्चालन गरिरहेका ब्राम्हणले नेपाली मौलिक बाजाको संरक्षणका लागि ‘एक्टिभ नाइन समूह’ बनाएर बाजा संरक्षणको अभियान सञ्चालन गरेका छन् । नौमती बाजा जाति विशेष र गोत्र विशेषको मात्र नभई सबैको साझा हो भन्दै लोप हुने अवस्थामा पुगेको यो बाध्यबाधनलाई संरक्षणका लागि आफूहरुले नौमती बाजा बजाउन शुरु गरेको नौमती बाजा संरक्षणका अभियन्ताहरुको भनाई छ ।

नौमती बाजामा नौ ब्राह्मण युवा

गोविन्द निरौलाः अध्यक्ष

२०४६ सालदेखि झिल्को साप्ताहिक पत्रिका काठमाडौंबाट प्राविधिक ज्ञान हासिल गरेका निरौला हाल के के प्रिन्टर्स सञ्चाकल हुन् । यसअघि उनले २०४९ देखि २०५५ सम्म हिमाल छापाखानाको व्यवस्थापक भएर काम गरे । २०४६ देखि २०४८ सम्म लोकतन्त्र साप्ताहिकको प्राविधिकका रुपमा काम गरिसकेका छन् उनले । अर्जुनधारा–११ नयाँ बसपार्कमा स्थायी बसोबास गर्ने उनले एसएलसीसम्मको शिक्षा आर्जन गरेका छन् । २०२५ साल फागुन ४ गते जन्मिएका निरौलाकी श्रीमती रञ्जना छिन् र उनका एक÷एक छोरा छोरी छन् । स्व. टीकाराम निरौला र स्व. नर्वदादेवी निरौलाका रुपमा सुरुङ्गामा जन्मिएका हुन् । एक्टिभ नाइन समूहमा आबद्ध हुँदै उनी ट्याम्को बाधकका रुपमा परिचित छन् ।

भानुभक्त खनालः सचिव

बिर्तामोड– ४ निवासी खनाल पाथीभरा प्रिन्टर्स बिर्तामोडका सञ्चालक हुन् । एमबीएससम्मको अध्ययन गरेका उनले २०७० सालदेखि छापाखाना सञ्चालन गरेका हुन् । २०५७ सालबाट कामना साप्ताहिक पत्रिकाको कम्प्युटर अपरेटर हुँदै सह सम्पादकसम्मको जिम्मेवारी निर्वाह गरेका उनी सामाजिक संघ–संस्थामा पनि आवद्ध छन् । गोपीकृष्ण स्मृति प्रतिष्ठानका कोषाध्यक्ष अनि अरनिको बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष हुन् उनी । २०६३ देखि २०६५ सम्म कान्तिपुर बचत तथा ऋण सहकारी संस्था काठमाडौंको प्रशासकीय अधिकृतको जिम्वेवारी निर्वाह गरेका उनले २०६५ देखि २०७३ सालसम्म गोमेन्द्र उच्च मावि र रुद्र माविमा अध्यापन समेत गरे । तेह्रथुमको खाम्लालुङ्गमा वलराम र गोमादेवी खनालका पुत्र रत्नका रुपमा जन्मिएका उनी देवीका कोइरालासग विवाह बन्धनमा बाँधिए । हाल उनका एक छोरा एक छोरी छन् । उनी नरसिंन्हा बाधक हुन् ।

सुरेश खतिवडाः सदस्य

झापा शान्तिनगरका खतिवडा पेशाले औषधि व्यावसायी हुन् । उनी बिर्तामोडस्थित मनकामना कलेजमा प्राध्यापन पेशामा संलग्न छन् । स्वास्थ्य र शिक्षामा सम्लग्न खतिवडा संस्कृतिको जर्गेना गर्न पनि उत्तिकै सक्रिय छन् । पछिल्लो समय नौमती बाजा बजाउन शुरु गरेर संस्कृतिको जर्गेना गर्ने देखाएको अग्रसरताले उनलाई अहिले चर्चाको शिखरमा पु¥याएको छ । लोकनाथ र रेणुका खतिवडाका सुपुत्र उनले सरिता ढकालसँग विवाह बन्धनमा बाँधिए उनका एक छोरी एक छोरी छन् । उनी सिएमए संघको महासचिव, औषधि व्यावसायी संघ मेचीका सदस्य हुन् । ओम झापा मेडिकल एण्ड क्लिनिकका सञ्चालक उनले औषधि व्यवसायलाई प्रमुख प्राथमिकतामा राखे । उनी झापाका लोकप्रिय औषधि व्यवसायी हुन् । एक्टिभ नाइनमा आबद्ध उनी झ्याम्टा बाधक हुन् ।

रोहित भट्टराईः सदस्य

२०५५ सालदेखि बिर्तामोडमा छापा खाना व्यावसाय सञ्चालन गर्दै आएका बिर्तामोड– १ का भट्टराई पनि नौमती बाजा बजाउँछन् । उनी नौमती बाध्य बाधक मध्ये सहनाई बाधक हुन् । २०३३ साल असार २३ गते जन्मिएका भट्टराई विभिन्न संघ–संस्थामा आवद्ध छन् । आइएसम्मका अध्ययन गरेका उनले २०५५ सालदेखि बिर्तामोडमा छापाखाना व्यावसाय सञ्चालन गरे । करुणा अफसेट प्रेस सञ्चालन गर्दै आएका उनी हालसम्म पनि उनी सोही व्यावसायमा आवद्ध छन् ।

अरनिका बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष मुद्रण उद्योग संघ झापाको सचिव, जिल्ला सहकारी संघको २ नं. क्षेत्रीय समन्वय समिति सदस्य, पञ्चकन्या सोसाइटी बिर्तामोड–१ को सदस्यका रुपमा उनी कार्यरत् छन् । त्यस्तै उनले सूर्य–देवी शिक्षा प्रोत्साहन पुरस्कारको संस्था स्थापना गरेका छन् । आफूले शिक्षारम्भ गरेको विद्यालयमा आमाबुबाको नाममा उनले गरीब तथा जेहेन्दार बिद्यार्थीलाई पुरस्कार प्रदान गर्नका लागि सूर्यदेवी शिक्षा प्रोत्साहन पुरस्कारको स्थापना गरे । साविक शनिश्चरे–३ मा सूर्यप्रसाद र देवीमाया भट्टराईको पुत्ररत्नको रुपमा जन्मिएका उनले निशासँग विवाह गरे । हाल उनका दुई छोरा रहेका छन् ।

बिनोद दाहालः सदस्य

स्व. आमा उर्मिला÷मञ्जु र बुबा निधि दाहालका छोरा बिनोद दाहालले २०६६ सालदेखि छापाखाना सञ्चालन गरिरहेका छन् । बिर्तामोड–५मा उनले बिर्ता प्रिन्टर्स सञ्चालन गरिरहेका छन् । सामाजिक काममा पनि सक्रिय हुने मुद्रण उद्योग संघ झापाको केन्द्रीय प्रतिनिधि हुन् । विश्वहिन्दू महासंघ अन्तर्गत एकल विद्यालय समेत सञ्चालन गरेका उनी २०६० देखि २०६३ सम्म साहित्यिक मासिक पत्रिकाको सम्पादन तथा प्रकाशन गरे । २०६२ देखि २०६४ सालसम्म विवेचना दैनिकको प्राविधिक र बजार प्रतिनिधि भएर काम गरेका उनले अन्ततः छापाखानालाई व्यवसायमा परिणात गर्दै सफल व्यावसायीका रुपमा उनी परिचिति छ । व्यावसायमा उल्लेख्य प्रगति गरेका उनले १० जनालाई रोजगारी समेत दिलाएका छन् ।

आइएसम्मको अध्ययन गरेका उनी माइजोगमाई–१ इलाममा जन्मिएका हुन् । बुद्धशान्ति–६ शान्तिनगरका स्थायी बासिन्दा उनी लक्ष्मी पौडेलसँग विवाह बन्धन बाँधिए अनि उनको एक छोरी छन् । एक्टिभ नाइनमा आवद्ध भएका उनी सनाइ बाधक हुन् ।

अर्जुन थापाः सदस्य

एक्टिभ नाइन समूहमा आबद्ध भएर नगरा बाधकका रुपमा परिचित छन् उनी । थापा पेपर सप्लायर्सका सञ्चालक उनी २०६६ सालदेखि यो व्यावसायमा आबद्ध छन् । बिर्तामोडका स्थायी बासिन्दा उनी सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–२ मा जन्मिएका हुन् । आयात निर्यात कम्पनीमा दश वर्षे लामो अनुभव बटुलेका उनले पेपरलाई व्यवसायमा परिणत गरे र त्यसैबाट सफल उद्यमीको रुपमा परिचित बने ।  स्व. रमेशबहादुर थापा र हिरादेवी थापाका छोरा उनी मिना थापासँग विवाह बन्धनमा बाँधिए । उनका एक छोरा छन् । उनले आइएसम्मको अध्ययन गरेका छन् ।

मिलन ढकाल (होमनाथ) ः सदस्य

एक्टिभ नाइनमा आबद्ध हुँदै दमाहा बजाउन शुरु गरेका ढकाल पनि व्यवसायी हुन् । २०६९ सालदेखि हालसम्म मिलन अपसेट प्रेस उनले सञ्चालन गरिरहेका छन् । रिप्रसाद ढकाल र वेदमाया ढकालका पुत्ररत्नका रुपमा पाँचथरको ओयाम–८ मा जन्मिएका उनी हाल अर्जुनधारा–६ मा स्थायी बसोबास गर्छन् । बिएसम्मको अध्ययन गरेका उनले नवज्योति छापाखाना दमकमा तीन वर्ष काम गरे, सगरमाथा नाट्य परिवारको अध्यक्ष हुँदै तीन क्षेत्रको समेत काम गरिसकेका उनले शनिश्चरे बजारमा छापाखाना व्यवसाय शुरु गरे ।

२०६० देखि २०६८ सालसम्म उनले रेम्बो प्रिन्टिङ प्रेस युएईमा समेत काम गरे । एक्टिभ नाइनका सदस्य उनी विवाहित हुन् । उनका दुई छोराछोरीसहित श्रीमती देविका ढकाल रहेका छन् ।

पुण्यप्रसाद खतिवडाः सदस्य

२०६८ सालदेखि न्यू के के प्रिन्टर्स (छापाखाना) सञ्चालन गरिरहेका खतिवडा पुनतः बिर्तामोडका सफल व्यावसायी हुन् । बिर्तामोड–५ मा उनले उक्त छापाखाना सञ्चालनमा ल्याएका छन् । आइएसम्मका अध्ययन गरेका उनी नौमती बाजा संरक्षणमा जुटेसँगै चर्चामा छन् । झलनाथ खतिवडा र गीतादेवी खतिवडाका छोरा प्रभा भण्डारीसँग विवाह बन्धनमा बाँधिए । उनका एक छोरा छन् । उनी बिर्तामोडका स्थायी बासिन्दा हुन् । कनकाई–१ सुरुङ्गामा उनको जन्म भएको थियो ।

झरेन्द्र खतिवडाः सदस्य

अर्जुनधारा टे«डर्सका सञ्चालक खतिवडा २०६४ सालदेखि व्यवसायमा आबद्ध छन् । एसएलसीसम्मको अध्ययन गरेका उनी अर्जुनधारा–५ का स्थायी बासिन्दा हुन् । ढोलक बाधकका रुपमा एक्टिभ नाइनमा आबद्ध भएर नौमती बाजा संरक्षणमा जुटेका उनी अहिले संस्कृति संरक्षणमा समेत जुटेका छन् ।

स्व. खिलप्रसाद खतिवडा र सरस्वती खतिवडाका पुत्ररत्नका रुपमा जन्मिएका उनी नैनकला पौडेलसँग विवाह बन्धनमा बाँधिए । उनका दुई छोरी र एक छोरा छन् । एक्टिभ नाइनमा आबद्ध उनी ढोलक बाधन हुन् ।

कुन बाजाको कति महत्व

सहनाईः सहनाई अर्थात् सनई नौमती बाजाको प्रमुख आकर्षण हो । जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ । फुक्दै पौन फेर्दै यसमा मुरलीमा झैँ हरका आठ वटा प्वालहरूमा औँला चाल्दै बजाइने यो बाजा निकै परिश्रमी लोककलाकारहरूले मात्र बजाउन सक्छन् । एउटा सनई औँला चाल्दै बजाउँदा अर्काले फुकेर सुर मात्र दिइरहन्छ त्यसैले सुर दिने सनईलाई भाले सनई र औँला चाल्दै भाखा हालेर बनाइने सनईलाई पोथी सनई पनि भनिन्छ । विशेषगरी सिल्वर र पित्तलबाट निर्मित सनईले आठ वटा प्वालको भाखा निर्माणबाट छत्तीस राग रागीनीयुक्त धूनहरू प्रस्फुटन गर्दछ ।

ढोलकः मादल जस्तो तर खरी नभएको यो बाजा पनि एकातिर हातले र अर्काेतिर सानो लट्ठीले ठोकेर बजाइन्छ । यसले अरू बाजाहरूको लयलाई ताल छोप्ने र बिट मार्ने काम गर्छ । ढोलक जो झण्डै डेढफिट लामो काठ र छालाले बनेको हुन्छ ।

दमाहाः त्यसैगरी नौमती बाजामध्ये ठूलो बाजाका रूपमा दमाहा पर्दछ । तामा र छालाले बनेको यो बाजालाई काठको गजाले ठोकेर बजाइन्छ । यसको ध्वनि मोटो र थर्काउने प्रकृतिको हुन्छ ।

सानो दमाहाः दमाहाकै आकारको तर त्यसभन्दा सानो दमाहालाई बाउँताल भनिन्छ । यसको आवाज ठूलो दमाहाको जस्तो मोटो हुँदैन । ठूलो दमाहाको तुलनामा यसको धन्काई पनि कम हुन्छ त्यसैले यसैले यसलाई दमाहाको सहयोगी धनबाजाको रूपमा लिइन्छ ।

ट्याम्कोः नौमति अन्तर्गतको ताल दिने अर्को बाजा हो ट्याम्को जसको बनावट झण्डै–झण्डै सानो दमाहा जस्तै हुन्छ । यो सानो र छरितो बाजालाई काठका साना गजाले ठोकेर बजाइन्छ । सनईका स्वरबाट सूर पैदा भएपछि ट्याम्कोले भाखा टिप्दै ताल दिन्छ र अरू बजाहरू बज्न थाल्छन् । यसरी ट्याम्को र सानो दमाहा एकअर्काका पूरक बाजाहरू हुन् । कहिलेकाहींँ बाजा र बाद्यवादकहरूको कमीमा कुनै एकको अभावमा पनि नौमती बाजा बज्ने गर्दछ ।

झ्याम्टा : बाजाहरूको लय टुक्रिँदा ताल दिने यो बाजा काँसबाट बनेको थाल जस्तो आकारको हुन्छ । काँशका दुई थालहरू जस्तै आकारका झ्याम्टामा हातका औँला छिराउनका लागि बनेका दुई प्वालमा डोरी छिराई त्यसैका आडमा हत्केलाले झ्याम्टा एकआपसमा जुधाएर काँशे रन्को निकालिन्छ । सहनाईको सुरमा ट्याम्कोले ताल समातेपछि दमाहा र ट्याम्कोले खालको बिट मार्दछ । त्यसरी विट मार्ने क्षणमा ध्वनियुक्त मिठाससँगै झ्याईं–झ्याईं गर्दै झ्याम्टा बजाइन्छ्र ।

नरसिङ्गा : संस्कृत शब्द नरश्रृङ्गको अपभ्रङ्स भई बनेको शब्द नरसिङ्गा नर (मानिस)ले आफ्नो टाउकोमाथि सिङ् जस्तो ठाडो मारेर बजाउने भएकाले यसका नाम नरसिङ्गा रहेको हुनसक्छ । फुक्ने ठाउँ सानो तर क्रमशः ठूलो–ठूलो हुँदै फुक्दै नरसिङ्गाको मुख ठूलो हुन्छ ।

तामाले बनेको यो बाद्ययन्त्र दुई खण्डमा हुन्छ जसलाई बजाउने बेलामा जोडिन्छ । नबजाई बोक्दा यसको सानो भागलाई ठूलो भागभित्र हाली काँधमा बोकिन्छ । पशुको सिङ्ग आकारको यो बाजा यसमा पारङ्गत थोरैले मात्र बजाउन सक्दछन् । बिहे बटुलोमा जन्ती जाँदा बाटोमा कुनै देवस्थल, गुम्बा, घुम्ती तथा भञ्ज्याङ देउरालीहरूमा नरसिङ्गा फुकिन्छ र सँगसँगै धुँ–धुँ गरेर कर्नाल बजाइन्छ ।

कर्नालः बजाउन सबैभन्दा कठिन बाजाका रूपमा परिचित कर्नाललाई सोझो र अलिक ठूलो नरसिंगाभन्दा हुन्छ । साह्रै मोटो आवाजका लागि फुकेर बजाइन्छ। तामाले बनेको कर्नाल बाजा लामाले प्रयोग गर्ने लामा जस्तै हुन्छ तर फुकाइ फरक हुन्छ । कर्नाललाई पनि नरसिङ्गालाई जस्तै भाँचेर बोकिन्छ र जोडेर बजाइन्छ ।

के हो नौमती बाजा

नौमती बाजा नौ वटा बाजाहरूको सामुहिक बाजा हो । यो पञ्चे बाजाको ठूलो रूप हो । जसमा चारवटा अरू बाजाहरू थपिएको हुन्छ । नौमती बाजाभित्र दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंगा बाजा हुन्छन् । जसमा सहनाई र दमाहाका दुई–दुई वटा हुन्छन् । सहनाई र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ । नौ जना बाद्यवादक लोककलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो बाद्यसमूहलाई नौमती बाजा भरिएको हो । यो बाजा बजाउन कसरी र कहिलेबाट शुरु भयो त्यसको यकिन नभए पनि नेपालीहरुको मौलिक बाजाका रुपमा यसले महत्वपूर्ण स्थान ओगटेको छ ।

Purbeli TV

खोज र समसामयिक बिषयमा कलम चलाउनुहुने भण्डारी पूर्वेली न्युजका झापा सहकर्मी हुनुहुन्छ ।

सुरेन्द्र भण्डारीबाट थप

प्रमाणपत्रका भरमा आयुर्वेद क्लिनिक : कविराज र वैद्यले जाँच्छन् विरामी

आयुर्वेद उपचार पद्दतिमा ब्रह्रलुट : उपचारको क्रममा महिलाको मृत्यु, नियमनकारी निकाय बेखवर

घर पाउँदा नाँचगान : ३४ विपन्न परिवारलाई नयाँ घर, सन्थाल बस्तीमा खुशीयाली (तस्विरहरू सहित)

हिरासतमा बालकको रहस्यमय मृत्यु, प्रहरीले रातारात ग¥यो प्रमाण नष्ट

जसले गरे एयरपोर्टमा यति ठूलो परिर्वतन

चन्द्रगढी विमानस्थलको स्तरोन्नति धमाधम: २९ जनाको जग्गा अधिग्रहण गर्न साढे १३ करोड खर्च (तस्विरहरू सहित)

नाचेर चिनिएकी अनुजा (तस्विरहरू सहित)

जसले फुटवल खेलेरै झापालाई चिनाए

झापा गोल्ड कप : शसस्त्र प्रहरी क्वाटरफाइनलमा प्रवेश

नौमती बाजामा नौ झापाली ब्राम्हण , जातीय संकीर्ण सोचबाट माथि उठेर संस्कृति संरक्षणमा जुट्यो एक्टिभ नाइन समूह

तपाईको प्रतिक्रिया

Loading…