अन्तर्राष्ट्रिय मुर्तीकला कार्यशालामा आगन्तुकको घुइँचो

पथरी / मोरङको बेलवारी–१० भाउन्नेमा रहेको सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रफलमा अन्तर्राष्ट्रिय मूर्तीकला कार्यशाला सुरु भएको छ । गत फागुन ४ गतेदेखि सुरु भइरहेको कार्यसालामा ६ देशका ३० जना कुर्तिकारहरुले आफ्नो कला प्रस्तुत गर्दै छन । सुनसान झाडी रहेको ठाउँमा अहिले झाडी फाँडेर ठूला ठूला ढुंगा राखिएको छ त्यही ढुङगामा नेपाल, भारत, जापान, जर्मन, ईटाली र बंगलादेशका कलाकनरले आफ्ना नया सृजना कुदिरहेका छन ।

राम्रा राम्रा कला कृतीहरु निमार्ण गरि आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ सिर्जना पार्क निमार्ण गर्न लागेको वडा अध्यक्ष गंगा याक्खाले बताउछन । ५० वटा मुर्ति तयार गरी सुन्दर बगौचा निर्माण गर्ने ध्येयको साथ कार्यशालामा सुरु भएको हो । अहिले जापानका नोरिओ ताकाओका, इटालीकी माकी नाकामुरा, जर्मनका पिटर हारगेट, भारतका अनुपकुमार गुप्ता र बंगलादेशका अभिजित कान्तिदास, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान मुर्तिकला विभागका प्रमुख लालकाजी लामासहित ३० जना दक्ष, व्यवसायिक मूर्तिकारले आकर्षक मुर्तिहरु खोपिरहेका छन् । जसमा ५ विदेशी र २५ स्वदेशी मुर्तिकार रहेका छन् । उनीहरुले १८ दिन लगाएर विभिन्न मुर्ति बनाउने छन् । त्यससपछि सृजना सामुदायिक वनले उक्त क्षेत्रमा सृजना पार्कको नाममा बगैंचा परिणत हुनेछ ।

करिब १ करोड ८४ लाखको लागतमा तयार हुने पार्कमा तराई मुलका धिमाल र राजवंशीको संस्कृति झल्कने खाल्को मुर्तिका साथ मनमोहर काल्पनिक मुर्ती सहित बेलबारीलाई पहिचान गराउने सृजना रहने कार्यसालाका संयोजक तथा पुर्व नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मुर्तिकला विभागका प्रमुख धनु याक्खाले बताए । पार्कमा आउने पर्यटकको मन लोभ्याउन अफ्नो सुन्दर अकृती तयार गरि पर्यटक माझ छोड्न अफुहरु लागि परेको कलाकार हिम्मत नेम्वाङ बताउछन ।

सो कार्यसाला बेलबारीका कलाकार धनु याक्खा द्धारा धनु आर्ट स्टुडियोको सहयोग बेलबारी नगरपालिका तथा सृजना सामुदायीक वनको आयोजनामा सुरु भएको छ । कार्यसाल सम्पन्न गराउनको लागि बुद्ध एअर, नोबेल अस्पताल, गोर्खा डिपार्टमेन्ट स्टोर, चिसाङ क्रसरलगायतले कार्यशालालाई सहयोग गरेका छन् ।

 

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरीमा पुन भेटीयो महिलाको शव , रिना मृत्यू प्रकरण भएकाे ५ महिना नबित्तै भटिए ५ शव

आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

मोरङको पथरीमा बस दुर्घटना : एकको मृत्यु, १६ घाईते ( १५ तस्विरहरू सहित)

सर्वोच्चको फैसला कार्यन्वयन नगरेको भन्दै पथरीमा स्थानियले दिए आन्दोलन गर्ने चेतावनी

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

तपाईको प्रतिक्रिया

Loading…