कञ्चनजंघा मन्टेश्वरीका स–साना नानीहरूकाे यस्ताे प्रतिभा (२४ तस्विरहरू)

इटहरी / इटहरी बसपार्क स्थित कञ्चनजंघा मन्टेश्वरी स्कूलले आफ्नो स्थापनाकाे पाँचाै वार्षिकाेत्सव मनाएकाे छ । स्कूलले बिविध कार्यक्रमका बिच आफ्नो पाँचाै वार्षिकाेत्सव सम्पन्न गरेकाे हाे । कार्यक्रममा स–साना बालबालिकाहरूले नृत्य, गायन, नाटक, चित्रकला लगायत विभिन्न प्रतिभाहरू प्रस्तुत गरेका थिए । बालबालिकाहरूले प्रस्तुत गरेकाे राष्ट्रगानमा अभिभावकहरू निकैने रोमान्चित देखिन्थे ।

कार्यक्रममा सुनसरी शिक्षा बिकास समन्वय इकाइ निरिक्षक शम्भु पाण्डे, सांग्रिला बिकास बैंक इटहरी शाखा प्रमुख उमेश खड्का लगायतहरूकाे उपस्थती रहेकाे थियाे । कार्यक्रममा स्कुलका एकेडेमिक डाइरेक्टर हरि आचार्यले मन्टेश्वरीको नाममा बालबालिकालाई कोठाको चौघेरामा थुन्ने मात्र नभएर उनीहरुको रोजाईमा व्यवहारिक ज्ञान दिन आवश्यक रहेको बताए ।

घोकन्ते शिक्षाको अन्त्य गरि समय सापेक्ष तथा व्यवहारिक शिक्षा आजको आवश्यकता भन्ने सिद्धान्त बोकेको यस विद्यालयको खुल्ला वातावरण, टोय पार्क, शान्त र सुन्दर वातावरण, विद्यालयमा खेल्ने र सिक्ने असल वातावरण पाएपछि त्यहाँ जाने हरेक वालवालिकाहरु बिदाको दिन घरमा बिताउनु भन्दा पनि विद्यालयनै जान जोड गर्ने गरेको अभिभावकहरु बताउँछन् । प्रिन्सिपल सरस्वती आचार्य भन्छिन् ‘हामी कुन ठाउँमा कस्तो व्यवहार गर्ने, रेष्टुरेन्टमा कसरी खाने, कसरी सत्कार गर्ने, प्रहरीसंग कस्तो व्यवहार गर्ने, वृद्धवृद्धालाई सम्मान गर्न सिकाउने आदि विविध गतिविधिमा वालवालिकाहरुलाई प्रत्यक्ष संलग्न गराउँछन् जस्ले उनीहरुलाई पढाएर हुने ज्ञान भन्दा धेरै व्यवहारिक ज्ञान प्राप्त हुन्छ ।’

Purbeli TV

.

तपाईको प्रतिक्रिया

Loading…