यस्ताे रह्याे इटहरी स्थित पाथिभरा माध्यमिक विद्यालयकाे २७औं अभिभावक दिवस (३० तस्विरहरू)

इटहरी । २०४८ सालदेखी सुनसरीको इटहरीमा सञ्चालन हुदै आएको पाथिभरा माध्यमिक विद्यालयकाे २७औं अभिभावक दिवस सम्पन्न भएकाे छ । विद्यालयको २७औं अभिभावक दिवसको अवसर पारेर शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान समेत गरेकाे छ । विद्यालयले शिक्षक विजय पौड्याल विद्यार्थीहरु डोना गुरुगं, संस्कृति भट्टराई र विवेक लिम्वुलाई सम्मान गरेको हो । विद्यालयले उत्कृष्ठ शिक्षक रुपमा पौड्याल र मिस टिनमा दुई पदक जित्न सफल डोना र एसइइमा उत्कृष्ठ नतिजा ल्याउने भट्टराई र लिम्वुलाई विद्यालयका अध्यक्ष टिकाराम पुरीले सम्मान गरेका छन् ।

सो अवसरमा विद्यालयका प्राचार्य गोपाल श्रेष्ठले विद्यालयलाई आगामी नयाँ शैक्षिक सत्र देखि प्रविधियुक्त साथै अभिभावक, विद्यालय तथा विद्यार्थीहरुलाई समन्वय गरी अघि बढ्ने वताए । प्याब्सन केन्द्रीय उपाध्यक्ष शंकर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुले आफुमा निहित प्रतिभाहरु प्रस्तुत गरेका थिए । अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत गरेको विद्यालयका प्रवन्धक निर्मल रिजालले जानकारी दिएका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया