सवारी दुर्घटनामा परी घाइते भएका प्रदेश ५ का प्रदेशसभा सांसद वलीको निधन

काठमाडौं । प्रदेश ५ का प्रदेशसभा सांसद उत्तरकुमार वलीको शुक्रबार बिहान मेडिसिटी अस्पताल काठमाडौँमा निधन भएको छ। सवारी दुर्घटनामा परी गम्भी घाइते भएका वलीको उपचारका क्रममा निधन भएको हो। गत माघ २४ गते घोराही–३ चिसापानी नजिकै संसद बैठक सकेर दाङ फर्कँदै कार र बस ठोक्किएर दुर्घटनामा परेका सांसद ओलीको दुर्घटना भएको १६ दिनसम्म होस खुलेको थिएन। गर्दा कार र बस ठोक्किएको थियो।

श्रद्धाञ्जलीका लागि उनको शव शुक्रबार बिहान ९ बजे देखि १० बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने भएको छ।वली नेकपाबाट उम्मेदवार भई दाङ क्षेत्र नम्बर ३ ‘ख’बाट निर्वाचित प्रदेश सदस्य हुन्।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…