पत्रपत्रिकाको वर्गीकरणमा सङ्ख्या घट्दो

काठमाडौँ / प्रेस काउन्सिल नेपालले आव २०७४÷७५ को पत्रपत्रिका वर्गीकरणमा वितरण सम्परीक्षण समितिमा आवेदन फाराम भर्ने विभिन्न पत्रपत्रिकाको सङ्ख्या ८६४ रहेको जनाएको छ । वर्गीकरणमा दैनिक १७४, अर्ध–साप्ताहिक तीन, साप्ताहिक ५२७, पाक्षिक ११, मासिक ८२, द्वैमासिक चार, त्रैमासिक ६ र साहित्यिक भाषाभाषी ५७ छन् । यस्तै, प्रदेशगत रूपमा प्रदेश नं १ बाट १११, प्रदेश नं २ बाट १७७, प्रदेश नं ३ बाट ३८४, गण्डकी प्रदेशबाट ६२, प्रदेश नं ५ बाट ६३, कर्णाली प्रदेशबाट २३ र सुदूरपश्चिम प्रदेशबाट ४४ पत्रपत्रिकाले आवेदन फाराम भरेका छन् ।

आव २०७४÷७५ को पत्रपत्रिका वर्गीकरणका लागि आवेदन फाराम भरेका पत्रपत्रिकाको विवरण प्रेस काउन्सिलको वेबसाइटमा पनि राखिएको जनाइएको छ । यसैगरी यीबाहेक प्रक्रिया नपुगेका र ढिलो गरी प्राप्त भएका ३७ वटा पत्रपत्रिकाका सम्बन्धमा प्रेस काउन्सिल नेपालको बोर्ड बैठकले टुङ्गो लगाउने सूचना अधिकारी दीपक खनालले जानकारी दिनुभएको छ । आव २०७३÷७४ मा ९५३ वटा विभिन्न पत्रपत्रिकाले वर्गीकरणका लागि आवेदन गरेका थिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया