८७ बर्षीया वृद्धको घरभित्रै हत्या गर्ने अभियुक्त पक्राउ गर्न सफल भयाे सुनसरी प्रहरी

सुनसरी / सुनसरीकाे रामधुनी नगरपालिका १ स्थित शिवचौकमा भएको एक वृद्धाको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । इटहरी ५ स्थित नरमाया लिम्बूको घरमा डेरा गरी बस्दै आएका संखुवासभाको मकालु गाउँपालिका ४ का स्थायी बासिन्दा पेन्टर काम गर्ने रमेश राईलाइ प्रहरीले पक्राउ गर्न सफल भएकाे हाे । जिल्ला प्रहरी कार्यालय सुनसरीले ८७ बर्षीय नरबहादुर क्षेत्रीको हत्यामा संलग्न रमेश राईलाई पक्राउ गरी अाज सार्वजनिक गरेको छ । मृतक क्षेत्रीको माघ २८ गते मध्य रातमा उनकै घरमा सुतिरहेको अवस्थामा हत्या भएको थियो । क्षेत्रीको २ तले पक्की घरको पुर्ब पट्टीको आफ्नै कोठाभित्र हत्या भएको अबस्थामा शव फेला परेको थियो । घटनाबारे २९ गते बिहान करिब साढे ७ बजे प्रहरीले खबर पाएपछि छुट्टा छुट्टै ३ वटा अनुसन्धान टोली परिचालन गरेकाे थियो ।

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डिएसपी ज्ञानेन्द्रप्रसाद फुँयालको नेतृत्वमा टोली खटिएको थियो भने १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वको आरआइटी टोली परिचालन भएको थियो । यस्तै, इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक जितेश दाहालको नेतृत्वमा अर्को अनुसन्धान टोली पनि खटिएको थियो । घटनाको मिहिनढंगले अनुसन्धान गरिरहेको प्रहरीले अन्ततः ५ दिनभित्र नै हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गर्न सफल भएकाे हाे ।

राईको डेराबाट सामसुंग कम्पनीको २ वटा मोवाइल, ४० इञ्चको सोनी कम्पनीको एलइडि टिभि, डेल कम्पनीको कालो ब्यागसहितको ल्यापटप, लेडिज साइकल एक थान वरामद भएको प्रहरीले जनाएको छ । यस्तै, काँचको ३ थान थाल, कार्ड रिडर, सुनको सिक्री, नेपाली रुपैया २२ सय ५० पनि वरामद भएको प्रहरीले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…