बुढासुब्बा गोल्डकप : डाफिन्स र आयोजकबीच उपाधिका लागि भिडन्त हुँदै

धरान / पहिलो पटक सहभागी पाहुना टिम डाउफिन्स फुटबल क्लब क्यामरुन धरानमा जारी २१ औं रेडबुल बुढासुब्बा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । सेमी फाइनलमा प्रवेश गरे संगै डाफिन्स र आयोजकबीच उपाधिका लागि भिडन्त हुने भएकाे छ । शुक्रबार भएको दोस्रो सेमी फाइनल खेलमा अत्यन्तै बलियो मानिएको विभागीय टिम नेपाल पुलिस क्लबलाई डाउफिन्सले सडन डेथमा २–१ गोल अन्तरले हराउदै सेमी फाइनलको यात्रा तय गरेको हो ।

अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा खेल अवधिभर दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकिलिएको थियो । ट्राइबेकरमा समेत दुव टिमबाट ५–५ गोल बराबरीमा टुंगिएपछि खेल सडन डेथमा गएको थियो । ट्राइबेकरमा डाउफिन्सका तर्फबाट सालो मार्टिन्स, पटाङ्गाना, बेलेम, इकवीम, र यान्निक ओओनाले प्रहार गरेका थिए । यस्तै पुसिलसका तर्फबाट अजित भण्डारी, देवेन्द्र तामाङ, भरत साह, तीर्थ राना मगर र हरि कठायतले प्रहार गरेका थिए । ट्राइबेकरमा बराबरी भएपछि सडन डेथमा डाफिन्सका तर्फबाट गोलरक्षक प्रिसो नाजांगा र जो अंगोलियाले गरेको प्रहार गोलमा परिणत भएको थियो । यता पुलिसकातर्फबाट भने निरबहादुर राईको प्रहार गोलमा परिणत भएको थियो भने विक्रम धिमालले प्रहार गरेको गोल डाफिन्सका गोल रक्षक प्रिसो नाजांगाले रोकेका थिए ।


प्रतियोगितााको म्यान अफ द म्याच डाफिन्सका गोल रक्षक प्रिसो नाजांगा घोषित भए । उनले नगद १५ हजार, ट्रफी र प्रमाणपत्र हात पारेका थिए । शनिवारको फाइनल खेल आयोजक धरान फुटबल क्लब र डाउफिन्स फुटबल क्यामरुनबीच प्रतिष्पर्धा हुदैछ ।

भर्खरै पोखरामा सम्पन्न मनकामना गोल्डकप उचालेर उच्च मनोबल बोकेर डाफिन्स शनिवार बुढासुब्बा गोल्डकपको उपाधि चुम्ने दाउमा रहेको छ भने १२ बर्ष अगाडि अर्थात ०६२ सालमा विदेशी टिम अफ्रिकन युनाइटेड क्लबसंग फाइनलमा पराजित भोगेको धरान विगतमा विगतमा विदेशी टिमसंग हारेको बदला लिन उच्च मनोबलका साथ मैदानमा उत्रिदैछ । भोलिको फाइनल खेल धरान रंगशालामा दिनको १ बजेदेखि हुने आयोजकले जनाएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

वीपी प्रतिष्ठानमा स्वास्थ्यमन्त्री यादव, राजनीतिक आवरण नभिरेको ब्यक्ती भिसि नियुक्ती गर्न प्रतिष्ठानका पदाधिकारीहरूकाे माग

धरान स्थित हार्डवेयर पसलमा आगलागी

धरानमा आगलागी

धरानकाे पानबारीमा आसारा सुधार केन्द्र निर्माण सम्पन्न

धरानमा आधा घाँटी काटिएकाे अवस्थामा शव फेला, घटना रहस्यमय, मृतक रातदिन ‘इन्द्रजाल’ पढ्थे

जडीबुटी भन्दै विषालु पदार्थ खाँदा १ जनाको मृत्यु, ५ जनाको अवस्था गम्भिर

धरानमा भेटियाे बम : नेपाली सेना द्वारा डिस्फाेज

धरान रनमा चौथो पटक लगतार भारतीय सेनामा कार्यरत बाग्लुङका तीर्थ पुन विजयी

धरानमा खुल्ला आमन्त्रण बास्केटबल प्रतियोगिता हुने

नेवा च्यारिटी १० के रनको तयारी पुरा

तपाईको प्रतिक्रिया