तस्करीको सुपारीसहित चार महिला पक्राउ

माेरङ / नेपालबाट भारततर्फ तस्करी गर्दै गरेको सुपारीसहित प्रहरीले विराटनगरबाट शुक्रबार चार जना महिलालाई पक्राउ गरेको छ । विराटनगर–१७ स्लामपुर चोकबाट अवैध रुपमा भन्सार छली गरेर भारततर्फ लाँदै गरेको १५ किलो सुपारी प्रहरीले बरामद गरेको छ । सुपारीसहित पक्राउ पर्नेमा विराटनगर–१७ की ५५ वर्षीय कान्ति रमात, ५० वर्षीय महिमुन खातुन, २६ वर्षीय रसिदा खातुन र २७ वर्षीय जरिना खातुन रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

‘नेपाल–भारत सीमा क्षेत्रबाट सुपारी कटाउँदै गरेको अवस्थामा महिलाहरुलाई पक्राउ गरिएको हो,’ उनले भने, ‘नेपालबाट भारततर्फ सुपारी तस्करी गर्न पछिल्लो समय महिलाको प्रयोग गर्ने गरेको पाइयो ।’ श्रेष्ठले पक्राउ परेकाहरु सुपारी तस्करीका भरिया मात्रै भएको बताए । पक्राउ परेकाहरुलाई बरामद गरिएको सुपारीसहित आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया