के के छन् ईटहरी स्थित प्रदेश नं. १ को सबैभन्दा अग्लो सेन्ट्रल प्लाजामा ? (४१ तस्विरहरू)

ग्राउण्ड क्याफे, नील डेविड, भरन्डा देखी थ्रीडी सिनेमा सम्म

ईटहरी । सुनसरी ईटहरी चौकमा रहेको सेन्ट्रल प्लाजामा के के सुबिधा छन भन्ने कौतुहलता धेरैलाई हुनसक्छ । बजारको चोकमै रहेको १० तल्ले सपिङ्ग मलको ग्राउन्ड फ्लोरदेखि तेस्रो तल्लासम्म अन्तराष्ट्रिय ब्रान्डका पसलहरु रहेका छन् । सेन्ट्रल प्लाजाको ग्राउण्ड फ्लोरमा ईमार्ट मोबाईल शोरुम, नेक्सट पेज बुटिक, ईन्जिन रेडिमेड पसल, वायर हाउस (रेडिमेड), एचईन कलेक्सन (फिमेल गारमेन्टस्),गल्ज स्टेशन(रेडिमेड), सनसाईन ट्राभलस्, ग्राउण्ड क्याफे, हवाईट फिदर (रेडिमेड), बेबी शप (रेडिमेड), केस्टार फेशन (रेडिमेड), बेबिसप ( बेबी रेडिमेड),  अाइ भ्यू (अप्टिकल), रेमन्डस् (सटिङ सुटिङ), इटहरी जेम्स (जेम्स स्टाेर), अाराेहण कलेक्सन (रेडिमेड), केडि फेशन वेर (रेडिमेड), एन एन किड्स (रेडिमेड), युनिक स्वीटस लगायत रहेका छन ।

पहिलो तल्लामा भेनस फेशन(रेडिमेड), लेडी पोईन्ट (फिमेल गारमेन्टस्) ,डीएम क्लोथ ( फिमेल रेडिमेड),  सिर्जु फेशन ( फिमेल रेडिमेड), ओटु फेशन ( रेडिमेड), ओरचाइल्डस् रिटेल (यूनिसेक्स मल्टीब्रान्ड रेडिमेस साेरूम), सनराईज बैँक लगायत रहेका छन् । त्यस्तै दोस्रो तल्लामा स्काई शप (फिटनेस), जीके कलेक्सन (बुटिक), माईसप (मेन्स रेडिमेड) , पुजा सारि लेहेग्गा (बुटिक),  प्राईस ९९(हाउस हाेल्ड आइटम) लगायत रहेका छन भने तेस्रो तल्लामा निल डेविड शैलुन, ओम डेन्टल, फेमस कोरियन भाषा केन्द्र, चौथो तल्लामा फुडकोर्ट, दियालो वार, एटु किचन, बिरयानी पोईन्ट रहेका छन् ।

त्यस्तै पाँचो तल्लामा सिनेफ्लिक्स मल्टिप्लेक्स भवनको पाँचौ तल्लामा रहेको छ । इटहरीमा पहिलो पटक बनाइएको लक्जरी मल्टिप्लेक्समा दुईवटा स्क्रिन छन् । २७० सीट क्षमताको उक्त मल्टिप्लेक्सको स्क्रिनमा पछिल्ला सबै हिन्दी, नेपाली र अङ्गग्रेजी सिनेमा थ्रीडीमा हेर्न पाइने छ । सेन्ट्रल प्लाजाको ६ देखि ९ तल्लामा श्रेष्ठ इन्टरटेनमेन्ट एण्ड हस्पीटालिटीको नयाँ लगानीको होटल भरन्डा रहनेछ । यो होटलमा ३६ आकर्षक कोठा छन् । सबै कोठाबाट इटहरीको दृश्य देख्न सकिने बरन्डाको व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

Loading…