शहीदको सम्झना गर्दै दीप प्रज्वलन शहीदको सम्झना गर्दै दीप प्रज्वलन

काठमाडौँ/ जनयुद्ध र जनआन्दोलनका क्रममा शहीद भएका व्यक्तिको सम्झनामा आज माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)को आयोजनामा शहीदको सम्झना गर्दै दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले शहीदका कारणले अहिले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र भएकाले उनीहरुको सपना पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकमा समाजवाद ल्याएर शहीदका सपना पूरा गर्नुपर्ने जोड दिनुभयो । दुई ठूला कम्युनिष्ट मिलेर कम्युनिष्ट आन्दोलन सफल हुन थालेको भन्दै उहाँले फरक पृष्ठभूमि भएका दुई कम्युनिष्टको इतिहासलाई संरक्षण गरेर कम्युनिष्ट आन्दोलनलाई सफल पार्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल, योङ कम्युनिष्ट लिगका अध्यक्ष रामप्रसाद सापकोटा, युवा सङ्घ नेपालका अध्यक्ष रमेश पौडेल, अनेरास्ववियुका अध्यक्ष नवीना लामा र अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जीत तामाङले मुलुकमा सङ्घीयता ल्याउन धेरै युवा विद्यार्थीले शहीद भएको उल्लेख गर्दै ती शहीदले देखाएको बाटोमा लाग्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Loading…