कुवेतमा सुनसरीकी चेली एक बर्ष देखि भइन् बेपत्ता

दोहा / बैदेसिक रोजगारीको सिलसिलामा कुवेतमा एक नेपाली चेली वेपत्ता भएकी छिन । बिगत २ बर्ष अघि घरेलु महिला कामदारको रुपमा कुवेत पुगेकी धरान- ६ बस्ने बसन्ति जिमि (चौधरी) विगत १ बर्ष देखि सम्पर्क बिहीन भएकी छिन् ।

नेपालमा एजेन्ट रिता लिम्बु मार्फ़त कुवेतमा रहेका एजेन्ट राहुल आचार्यको रोहवरमा कुवेत आएकी बसन्ती लामो समय देखि सम्पर्क बिहिन नभए पछि उनका श्रीमान् भूबन चौधरीले श्रीमती खोजि दिन नेपाली राजदूतावास कुवेत, विभिन्न संघसंस्था लगायत आम संचार माध्यम मार्फत अपिल गरेका छन् । राहदानी नम्बर (१०२६५७७१) भएकी बसन्ती एक बर्षदेखि परिवारको सम्पर्कमा अाएकी छैनन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…