कुवेतमा लंगुर बुर्जा खेलाउदै गरेका १४ नेपाली रंगेहात पक्राउ

दोहा/ वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा गैरकानूनी रुपले बसोबास गरि लंगुर बुर्जा खेल्दै गरेको अबस्थामा १४ नेपालीलाई रंगेहात पक्राउ गरेको छ । पक्राउ परेका नेपालीहरुलाई डिपोट विभागमा पठाइएको कुवेतको अनलाइन आइमन माटले जनाएको छ । ठुलो मात्रामा कुवेती रकम सहित पक्राउ परेका नेपालीहरुको परिचय भने खुलाइएको छैन ।

विगत लामो समय देखि महाबुल्ला बल्क २ मा गैरकानूनी रुपमा नेपालीहरुले लंगुर बुर्जा खेल्ने र खेलाउने कार्य गर्दै आएको समाचारमा जनाइएको छ । पक्राउ गरेका नेपालीहरुलाई कुवेत सरकारले डिपोर्ट गर्न लागेको बुझिएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…