एकल असाहय बृद्धलाई बेलबारीका युवाहरुले बनाईदिए घर

बेलबारी । मोरङको बेलबारी ४ स्थित सखुवाटोलीमा एक असाहय तथा बृद्धको लागी बेलबारीका युवाहरुले घर निर्माण गरिदिएका छन । बिहिबार सो स्थानमा भेला भएका युवाहरुले जनश्रमदान गरी बृद्धाको लागी घर निर्माण गरिदिएका हुन । एकल तथा असाहय बेलबारी ४ सखुवाटोलीका अन्दाजी ७५ बर्षिय कदमलाल खवासका लागी युवाहरुले घर निर्माण गरिदिएका हुन । स्वस्र्फुत रुपमा भेला भएका बेलबारी ४ सखुवाटोलीका युवा र अन्य वडाका समेत युवाहरु भेला भई उनको लागी बाँसको टाटी लगाई लिपपोत गरेर जस्ताको छानो हाली घर निर्माण गरिदिएका छन ।

बृद्धका लागी केही समयअघि नगरपालिकाले उपलब्ध गराएको टिन समेत जनशत्ति अभावका कारण लगाउन नसकिएको र फुसको छानो त्यसमाथि पानी पानी चुहुने र जिर्ण अबस्थामा रहेको घर युवाहरुले पुर्ननिर्माण गरिदिएका छन । स्थानीय सखुवाटोली युवा समुहका सदस्यहरु,स्थानीय युवाहरु,बेलबारी ३ का जनक पोख्रेल,ऐश्वर्यप्रसाद आचार्य,बेलबारी ४ का मुकेश पौडेल,मोहन राई,चन्द्र लिम्बु,दिनेश कोईराला,सुजित बस्नेत लगायतका युवाहरुको सक्रियतामा उनको घर निर्माण गरी बृद्धालाई बिहिबार नै नयाँ घरमा बस्ने प्रबन्ध मिलाईएको छ । बृद्धाको घर निर्माणका लागी युवाहरु स्वस्र्फुत रुपमा भेला भई श्रमदान गरेको बेलबारी ३ का वडासदस्य समेत रहेका ऐश्वर्यप्रसाद आचार्य (बिपिन( ले जानकारी दिएका छन ।

बृद्धाका लागी उनीहरुले स्वस्र्फुत रुपमा केही रकम समेत संकलन गरीदिएका छन । उनीहरुले मंगलबार मात्र बृद्धका लागी लत्ताकपडा र अन्य सामाग्रीहरु बितरण गरेका थिए । सुकुम्बासी बस्तिमा रहेको सानो फुसको छानो भएको घर बर्खायाममै भत्किएपछि उनी छिमेकीको शरणमा बस्दै आएका थिए । उनले पाउने बृद्ध भत्ता समेत उनका एक आफन्तले आफै लिने गरेको र उनलाई नदिने गरेका कारण उनको जिवन थप कष्टकर बन्दै आएको थियो । बेलबारी वडा नम्बर ४ का अध्यक्ष रामकुमार राईले उनको बारेमा थप बुझने र उनको भत्ताका बारेमा समेत कस्लाई उपलब्ध गराउने भन्ने बिषयमा सोच्ने जानकारी दिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…