हिमपातका कारण ताप्लेजुङका उच्च क्षेत्रका बासिन्दा चिसोको मारमा, वर्षाले किसानलाई फाईदा

ताप्लेजुङ / ताप्लेजुङका उच्च क्षेत्रमा वर्षा संगै भएको हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । विहिबार दिउँसोदेखि परेको वर्षा र हिमपात पछि चिसो बढेकाले जिल्लाका केहि उच्च भेगका स्थानीय प्रभावित बनेकाहुन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने फक्ताङलुङ गाउँपालिका स्थित ओलाङचुङगोला, याङ्मा, घुन्सा, फले लगायतका स्थानीय चिसोको मारमा परेकाछन् ।

चिसोका कारण यहाँका स्थानीय दिनभरजसो आगो तापेर बसे । हिजो आज परेको हिउँ चाँडै विलाउने भएकाले मौषममा सुधार भए चिसोको प्रभाव लामो समय सम्म नरहने स्थानीयले बताएकाछन् । उच्च क्षेत्रमा हिमपात र जिल्लाभर नै वर्षा भए पछि सबै क्षेत्रमा अघिल्लो दिनको तुलनामा चिसो बढेको स्थानीयले बताएकाछन् ।

उच्च क्षेत्रका स्थानीय चिसोको मारमा परे पनि किसानलाई भने फाईदा भएको छ । लामो समयको खडेरी पछि वर्षा भएका कारण हिउँदे बालीनालीका लागि सिचाँई हुने भएकाले किसानलाई फाईदा पुगेको हो । वर्षाले अलैँची, गहुँ, जौ, आलु, तोरी र हिउँदे तरकारी बालीलाई विशेष फाईदा पुगेको स्थानीयले बताएकाछन् । गत असोजदेखि नै लामो वर्षा नहुँदा हिउँदे बालीनाली फस्टाउन नसकेको किसानको भनाई छ । जिल्लाभर नै दिउँसोदेखि वर्षा भएको थियो ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पुर्कुटी पूर्वेली न्युजका ताप्लेजुङ सहकर्मी हुनुहुन्छ ।

सन्तोष पुर्कुटीबाट थप

पाथीभरा पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि आज पुलिस र आर्मी भिड्ने

ताप्लेजुङमा कार दुर्घटना, दुई घाईते (तस्विरहरू सहित)

ताप्लेजुङमा १६ वर्षिय बालिकालाई पटक पटक बलात्कार गर्ने तीन पुरुष पक्राउ

ताप्लेजुङ फक्ताङलुङबाट ९ थान भरुवा बन्दुक नियन्त्रणमा

पाथीभरामा चल्ने सवारी साधनमा भजन बाहेकका गीत बजाउन नपाईने

कर्तव्य ज्यान मुद्धामा ६ वर्षदेखि फरार अभियुक्त पक्राउ

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धि ताप्लेजुङमा नमुना अभ्यास प्रर्दशनी

हिमपातका कारण ताप्लेजुङका उच्च क्षेत्रका बासिन्दा चिसोको मारमा, वर्षाले किसानलाई फाईदा

नेपाल विद्यार्थी संघद्धारा ताप्लेजुङमा ओलीको पुत्ला दहन सहित विरोध प्रर्दशन

अञ्जली लिम्बू बनिन् मेरिङदेन डान्स स्टार

तपाईको प्रतिक्रिया

Loading…