वीपी प्रतिष्ठानद्वारा नयाँ अक्सिजन प्लान्ट सञ्चालनमा, आत्मनिर्भर हुँदा ठुलो खर्च जोगिने

धरान / अक्सिनको अभावबाट अब प्रतिष्ठान मुक्त हुन भएको छ । प्रतिष्ठानले आफै अक्सिन उत्पादन थालेसँगै अभावका कारण विरामीले खप्दै आएका समस्याबाट मुक्त हुने भएका हुन् ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विहीबारबाट नयाँ अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । प्रतिष्ठान परिषरमा ३ करोड २४ लाखको लागतमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको हो । उक्त अक्सिजन प्लान्टको उद्घाटन विहीबार एक कार्यक्रमको आयोजना गरी प्रतिष्ठानका उपकुलपती प्रा.डा राजकुमार रौनियार र अस्पताल निर्देशक प्रा.डा गौरीशंकर साहले संयुक्त रुपमा गर्नुभयो । अक्सिजन प्लान्टको उत्पादन क्षमता १६ सय लिटर प्रतिमिनेट रहेको प्रतिष्ठानका बायोमेटिकल इन्जिनियर प्रदिपराज साहले बताउनुभयो । प्रतिष्ठानमा दैनिक ८ सय लिटर प्रतिमिनेट अक्सिजनको आवश्यकता रहेपनि यसको उत्पादन क्षमता दोब्बर रहेको उहाँले बताउनुभयो ।

प्रतिघण्टा १० वटा र प्रतिदिन ६० वटासम्म सिलिण्डर भर्न सकिने बुस्टर क्षमता रहेको उहाँले बताउनुभयो । उक्त सिलिण्डर १.५ क्यूविक मिटरको हुन्छ । स्वच्छताको हिसाबले ९२–९३ प्रतिशतलाई उत्कृष्ठ मानिएपनि प्रतिष्ठानको प्लान्टमा ९७ प्रतिशत स्वच्छ अक्सिजन उत्पादन हुने बताउनुभयो । ५ दिनदेखि परिक्षणमा रहेको उक्त प्लान्ट विहीबारदेखि २४ घण्टा सञ्चालमा ल्याइने उहाँले बताउनुभयो ।

प्लान्टमा जडान गरिएका एयर कम्प्रेसर, एयर टेङक, एयर ड्राइयर, एयर जेनेरेटर प्लान्टलगायतका उपकरणहरु इटालियन, जर्मनी कम्पनीका रहेको छ । प्रतिष्ठानको स्थापना कालदेखि सञ्चालनमा ल्याइएको २ सय ८० लिटर प्रतिमिनेट क्षमताको पूरानो अक्सिजन प्लान्ट ६ महिनादेखि विग्रिएर बन्द हुँदा प्रतिष्ठान पूरै अक्सिजनमा अरुसंग आत्मनिर्भर बन्नु परेको थियो । प्रतिषठनले दैनिक ६० देखि ७० हजार रुपैयाँसम्म अक्सिजन खरिद गदै आएको, तर त्यसको अन्त्य भएको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीसंकर साहले बताउनुभयो ।

अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि अक्सिजनमा प्रतिष्ठान पूर्ण आत्मनिर्भर बनेको प्रतिष्ठानका उपकुलपती राजकुमार रौनियारले बताउनुभयो । उहाँले सिलिण्डर प्रथालाई विस्थापीत गदै पाइपको माध्यमबाट विरामीको प्रत्येक बेड–बेडमामा अक्सिजन पु¥याउने योजनामा रहेको बताउनुभयो । प्रतिष्ठानले १३ सय २० लिटर प्रतिमिनेट बढी अक्सिजन उत्पादन सुरु गरेपछि रौनियारले अस्पताल विकासमा ठुलो फड्को मारेको बताउनुभयो । अक्सिजन विरामीको लागि अत्यावश्यक हुने भएकाले विग्रिएर थन्कीएको अक्सिजन प्लान्टलाई सञ्चालनमा ल्याउने बताउनुभयो । वषौ अक्सिजनमा आत्मनिर्भर बन्नुपरेको प्रतिष्ठानले अब आफैले उत्पादन गरेको अक्सिजन विक्री गर्ने योजनामा रहेको बताउनुभयो ।

३ करोड २४ लाखमा डायनोष्टिक केम इन्टरनेशनलले २ वर्ष अघि नै ठेक्क सम्झौता गरेर भारतको यूनिशी इन्डिया प्रालिमार्फत अक्सिजन प्लान्टको उपकरणहरु ल्याएको थियो । तर, उक्त उपकरणहरु जडान गर्नुपर्ने कम्पनीको दायित्व भएपनि जडान नगरी दिएपछि उपकरणहरु त्यतिकै थन्किएको थियो । त्यतिकै उपकरण थन्कएपछि प्रतिष्ठानले धेरै घाटा खेप्नु परेको थियो । उपकणहरु त्यतिकै थन्किएपछि प्रतिष्ठानले खरिद गरिएको भारतकै कम्पनीलाई जडान गरी दिन आग्रह गरेपछि सञ्चालनमा ल्याइएको प्रतिष्ठानले जनाएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरानमा पुष्प व्यापार मेला सुरु

हारसंगै धरानको इतिहास रच्ने दाउ भयाे चकनाचुर

बुढासुब्बा गोल्डकप : डाफिन्स र आयोजकबीच उपाधिका लागि भिडन्त हुँदै

बाह्र बर्षपछि आयोजक धरान बुढासुब्बा गोल्डकपको फाइनलमा

विरोधबीच १७ बर्ष पछि भयाे धरान बसपार्क शिलान्यास

२१ औ बुढासुब्बा गोल्डकप : सिएमजी संकटा र मेची नेत्रालय बिचकाे खेल निष्कर्षविहीन, भोलि टाइबेकरबाट खेलको निर्णय गरिने

धरानको पहिलो २ तारे होटल गजुर प्यालेसको उद्घाटन

धरान बुढासुबबा गोल्डकपको तयारी अन्तिम चरणमा

वीपी प्रतिष्ठानद्वारा नयाँ अक्सिजन प्लान्ट सञ्चालनमा, आत्मनिर्भर हुँदा ठुलो खर्च जोगिने

धरान बीपी प्रतिष्ठानका ईन्टर्न डाक्टरहरु तलब सुविधा बढाउनु पर्ने भन्दै आन्दोलित

तपाईको प्रतिक्रिया