डराउनु पर्दैन स्वाइन फ्लुबाट : डा केदार कार्की

यसबर्ष देशका विभिन्न भागमा भाइरल ज्वरोले झन्डै एक दर्जन सर्वसाधारणको मृत्यू भएको समाचारहरु सार्वजनिक भएपनि खासै कारण प्रमाणित हुन सकेन । अहिलेको अवस्था दृष्टिगत गर्दा उनीहरुको ज्यान जानु स्वाइन फ्लु पो थियो कि भन्ने आशंका गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार, दक्षिण एसियामा एन्फ्लुएन्जाको क्रियाकलापमा वृद्धि भएको र भारतमा स्वाइन फ्लु, एन्फ्लुएन्जा बी र नेपालमा एन्फ्लुएन्जा बी को भाइरस देखिएको छ ।

नेपालमा सरुवा रोग निर्देशनालयका अनुसार, अहिले बिरामीमा स्वाइन फ्लु देखिएको हो । यो श्वासप्रश्वासम्बन्धि रोग हो । काठमाडौं उपत्यकामा स्वाइनफ्लुको संक्रमणबाट धेरै पीडित भएका छन् । केही दिनदेखि उपत्यकामा यो रोग देखिन शुरु भएको छ ।  जाजरकोट परभाबीत छ यो रोगको आशनका मा।

लक्षण

—शरीर पूरै दुःख्न

—१०० डिग्री भन्दा बढीको ज्वरो ७ देखि १५ दिनसम्म आउने

—घाँटी दुःख्ने

—रुघा लाग्ने

—टाउको दुःख्ने

—ज्वरो आउने

—हातखुट्टा कम्मरमा दुःखाई

—थकान महसुस

—पखाला लाग्ने

—कडा खोकी लाग्नुका साथै बान्ता हुने

यी उल्लेखित लक्षण देखिएमा हात्तिनु नपर्ने नेपाली चिकित्सकहरु बताउँछन् । स्वाइन फ्लुको लक्षण देखिनासाथ उपचार गराएमा  स्वाइन फ्लुबाट डराउनु पर्दैन ।

स्वाइन फ्लुको जोखिम वर्ग कुन कुन हुन् ?

स्वाइन फ्लुले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति, रोगी, बूढाबूढी र बच्चा, उच्च रक्तचाप, मधुमेह, दम भएकालाई सजिलै आक्रमण गर्छ । समयमै अस्पताल गएर उपचार गराए यो रोग पाँचदेखि सात दिनभित्र निको हुन्छ ।

स्वाइन फ्लुको विकास

कुनै दिन वर्डफ्लुको भाइरस, स्वाइन फ्लुको भाइरस र मान्छेमा हुने इन्फ्लुएन्जाको भाइरसको संयोजन भएर नयाँ नस्लको भाइरस बन्यो भने मानव जातिले अकल्पनीय संकट ब्यहोर्नुपर्ने हुनसक्छ ।सन् १९१८ को वसन्तमा स्पेनी सञ्चारमाध्यमहरु अज्ञात रोग आएको खबर छाप्दै थिए । म्याड्रिडका बासिन्दाहरु ज्वरो, खोकी र श्वाप्रश्वासको समस्याबाट बढी पीडित हुनथालेपछि भनियो—“महामारी मध्यम प्रकृतिको छ ।” ग्रीष्मको अन्ततिर म्याड्रिडमा अज्ञात रोगले मान्छे मर्न लागे र शरद ऋतु छाउञ्जेलसम्म अज्ञात रोगले स्पेनिस इन्फ्लुएन्जा नाम पायो । अमेरिकामा यसलाई स्पेनिस लेडिज भनिएको थियो ।स्पेनिस इन्फ्लुएन्जाले विश्वमा करिब १० करोड व्यक्तिको ज्यान लिएको थियो । चिन्ताजनक कुरा के छ भने आजभोलि सन्त्रास फैलाइरहेको स्वाइन फ्लुको भाइरस पनि सन् १९१८ को झैं ल्ज्ञज्ज्ञ प्रकृृतिकै छ । यसको नाम पनि परिवर्तन गर्नेक्रम चलिरहेकै छ । स्वाइनफ्लुबाट चर्चित भए पनि कसैले यसलाई मेक्सिकन फ्लु, कसैले साउथ अमेरिकन फ्लु भनेका छन् । तर विश्व स्वास्थ्य संगठनले इन्फ्लुएञ्जा ब्रज्ज्ञल्ज्ञ भनेको थियो ।मेक्सिकोबाट शुरु भएको स्वाइन फ्लु हाल विश्वका करिब ४० देशमा फैलिसकेको छ ।

यसबाट मृत्यू दर धेरै नदेखिए पनि यस भाइरसको नयाँ नस्ल आयो भने स्थिति भयावह हुने अनुमान गरिँदैछ । विश्व स्वास्थ्य संगठनले स्वाइन फ्लुको दोस्रो चरण चाँडै शुरु हुनसक्ने चेतावनीसमेत दिइसकेको छ । स्वाइन फ्लुको तुलनामा वर्ड फ्लुले ज्यान लिने संभावना बढी हुन्छ । तर स्वाइन फ्लुको भाइरस मान्छेबाट मान्छेमा सोझै सर्छ भने वर्डफ्लुको भाइरस पंक्षीबाट मान्छेमा सर्ने गर्छ । त्यसैले मान्छेबाट मान्छेमा सर्ने भएकै कारण स्वाइन फ्लुसँग विश्व बढी त्रसित  भएको हो । हवाई यातायातले अन्तर महादेशीय वा अन्तरदेशीय आवागमन केही घण्टाको मात्र हुन गएका कारण छोटो समयमै स्वाइन फ्लु विश्वको धेरै स्थानमा पुगेको छ ।दक्षीण गोलाद्र्धमा शीतकाल भएका कारण स्वाइन फ्लुको प्रभाव त्यहाँ बढी देखिएको छ । स्वाइन फ्लु एक प्रकारको इन्फ्लुएन्जा अर्थात रुघाखोकी हो ।

रुघाखोकीको भाइरस फरक फरक हुने भएकाले भाइरसको प्रकृति अनुरुप रोगको जटिलता हुन्छ । स्वाइन फ्लुको भाइरस सुँगुर र मान्छेमा हुने एक प्रकारका भाइरसको संयोजनबाट बनेको हुन्छ । स्वाइन अर्थात सुँगुरलाई हुने रुघा लगाउने भाइरस र मान्छेमा रुघा लगाउने भाइरसका जेनेटिक गुणहरुको संयोजन भएर नयाँ नस्लको भाइरस मेक्सिोमा उत्पन्न भयो । सुँगुरलाई एक पटकमा इन्फ्लुएन्जाका धेरै भाइरसले आक्रमण गर्नसक्ने संभावना रहेकाले भविष्यमा खतरनाक भाइरस फेरि उत्पन्न हुनसक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । अर्को कुरा कुनै दिन वर्डफ्लुको भाइरस, स्वाइन फ्लुको भाइरस र मान्छेमा हुने इन्फ्लुएन्जा भाइरसको संयोजन भएर नयाँ नस्लको भाइरस बन्यो भने मानव जातिले अकल्पनीय संकट ब्यहोर्नुपर्ने हुनसक्छ ।

सामान्य रुघाखोकीबाट हजारमध्ये एक जनाको ज्यान जाने गर्छ । जबकि स्पेनिस फ्लुबाट हजारमध्ये १ सय जनाको मृत्यू भएको थियो । त्यसबेला चलेको प्रथम विश्वयुद्धभन्दा पनि इन्फ्लुएन्जा बढी मारक भएको थियो र इन्फ्लुएन्जाबाट युद्धको दाँजोमा धेरै मानिस मारिए । अहिलेको स्वाइन फ्लुको भाइरस ब्रज्ज्ञल्ज्ञ को मारक क्षमता धेरै छैन तर ऐतिहासिक घटनाक्रमले वैज्ञानिकलाई सचेत पारेको छ । कुनै दिन अनियन्त्रित र मारक क्षमता धेरै भएको भाइरस आउनसक्ने संभावनालाई वैज्ञानिकले नकारेका छैनन् ।

सन् १९१८ को स्पेनिस फ्लुपछि पनि सन् १९५७ र १९६८ मा विश्वले इन्फ्ुएन्जा महामारी भोगिसकेको छ । तर हरेक पटक इन्फ्लुएन्जाको मारक क्षमता घटेको छ । औषधि विज्ञानमा भएको विकासले पनि यसो भएको हो ।मौसमी इन्फ्लुएन्जा भन्दा स्वाइन फ्लुको लक्षण अलि फरक छ । तर सबैजसो रोगीमा विशिष्ट लक्षण पाइएको छ । खोकी लाग्ने ज्वरो आउने तथा शरीर चिलाउने लक्षण स्वाइन फ्लुले देखाउँछ । कसैकसैलाई झाडापखाला पनि हुनसक्छ ।अमेरिकन र क्यानडेली वैज्ञानिकहरुले स्वाइन फ्लुको खोप घोषणा गरेकाले यस भाइरस नियन्त्रित गर्न सकिने देखिन्छ । क्यानडाका वैज्ञानिकले त ब्रज्ज्ञल्ज्ञ को जेनेटिक भेद पनि खोलिसके । तर खोप नबनुन्जेल आफ्नो सुरक्षाको लागि भीडभाडमा नजाने वा नबस्ने, मुखमा मास्क लगाउने, साबुन पानीले हात राम्ररी धुने र स्वाइन फ्लुको लक्षण मिल्नेजुल्ने अवस्था देखियो भने तुरुन्त डाक्टरको सम्पर्कमा जानु नै बुद्धिमानी हुन्छ ।

स्वाइन फ्लुबाट कसरी बच्ने ?

इन्फ्लुएन्जा भाइरसँग जुझ्न शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउनुपर्छ । पाका मानिसको प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले उनीहरुलाई रुघाखोकी लाग्ने संभावना बढी हुन्छ । त्यसैले स्वाइन फ्लुको जमानामा आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो बनाएर आफूलाई सुरक्षित पार्न यहाँ केही उपाय प्रस्तुत गरिएको छ ।

करिब ८ घण्टा सुतौं : हामी निदायौं भने हाम्रो शरीर ताजा हुन्छ । त्यसैले प्रत्येक राति औसत् आठ घण्टा सुत्ने गरेमा शरीर स्फूर्तिवान बन्छ ।

चिनी कम खाऔं : चिनी खाएमा केही समयलाई प्रतिरक्षा प्रणाली खलबलिन्छ । रगतका सेतो रक्तकोष चिनीका कारण कमजोर हुन्छन् ।

भिटामिन सी खाने : आफैं भिटामिन सी उत्पादन गर्न नसक्ने चार वटा स्तनधारीमध्ये मान्छे पनि पर्छ । भिटामिन सी ले रुघासँग जुझ्न धेरै सहयोग पु¥याउँछ । पच्ने गरी भिटामिन सी खाने गरौं । धेरै खाएमा यसले झाडा गराउनसक्छ ।

भिटामिन ए खाने : रुघाखोकी लाग्न थालेको थाहा पाएपछि दुई तीन दिन भिटामिन ए को उच्च मात्रा खाने गरौं । यो विटा क्यारोटिन हुनहुँदैन । वास्तवमा भिटामिन ए हुनुपर्छ ।

जिंक खाने : प्रतिरक्षा प्रणालीमा पनि जिंक महत्वपूर्ण छ । शुरुमा केही दिन ५० एमजी जिंक चक्की खाएपछि त्यसलाई घटाएर १५—३० एमजी पार्ने । लामो समयका लागि जिंक सन्तुलित गर्न १—२ एमजी कपर चक्की खानुपर्छ ।

भिटामिन डी : भिटामिन डी ले प्रतिरक्षा प्रणाली बलिायो पार्ने तथ्य हालै मात्र पत्ता लागेको हो । भिटामिन डी चक्की खान पहिले रगतमा त्यसको मात्रा जाँच गराएर उचित मात्रामा चक्की खानु राम्रो हुन्छ ।

प्रोबायोटिक्स : हाम्रो आन्द्रामा कयौं प्रकारका हितकारी ब्याक्टेरिया रहेका हुन्छन् । प्रतिरक्षा प्रणालीमा यिनीहरुको भूमिका रहन्छ । आन्द्रामा लिम्फेटिक तन्तु हुन्छ । जसलाई हितकारी ब्याक्टेरियाले सहयोग पु¥याउँछ । यी ब्याक्टेरियालाई सामान्य भाषामा प्रोबायोटिक्स भनिन्छ । आजभोलि प्रोबायोटिक्स भएको दही पनि पाइन्छ ।

हात धुने : कुनै पनि सतहमा भाइरसहरु बाँच्न सक्छन् । नाक, मुख, कान, आँखा जस्तो सम्वेदनशील अंगहरुमा हात लागिरहने भएकाले साबुन पानीले हात धुनै पर्छ । यसका अतिरिक्त होमियोपेथिक औषधि आसिलोकोनस रुघाखोकीमा प्रभावकारी हुने गर्छ ।

रोकथाम

रुघाखोकी लागेको बेला संक्रमित ब्यक्तिबाट टाढा बस्ने, मास्क लगाउने, बेलाबेलामा साबुन पानीले हात धोइरहने र झोल पदार्थ प्रशस्त मात्रामा पिउने गर्दा यो रोगबाट बच्न सकिन्छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया