१५ बर्षीया बालिका : जसले बुबा गुमाएको २१ दिनमै गुमाइन् आमा

जीवनमा मृत्यु निश्चित छ । तर, कलिलै उमेरमा आमाबाबु नै गुमाउँदाको पीडा कस्तो हुन्छ ? यो प्रश्नको उत्तर इटहरी ४ कि १५ बर्षीया बालिका प्रियंका नेपालले अभिव्यक्त गर्न सक्दिनन् तर अनुभव भने गरेकी छिन् । गत पौष २७ गते बुबालाई गुमाएको पीडा बिर्सन नपाउँदै आमाको निधन भएपछि यतिबेला प्रियंकालाई ठूलो बज्रपात परेको छ ।

दुई बर्षअगाडिबाट लिबरको बिरामी रहेका प्रियंकाका ४९ बर्षीय बुबा युवराज नेपाललाई गत कात्तिकबाट जण्डिस भयो । जण्डिस भएसँगै उनले उपचारमा कमी हुन दिएनन् । तर, एक्कासी पौष ११ गते मुखबाट रगत बगेपछि जचाउँनका लागि गोल्डेन अस्पताल बिराटनगर गए । बिराटनगरबाट उनी निको भएर आएको भएपनि पौष २७ गते नेपालको मृत्यु भयो । इटहरीमा इलेक्ट्रीक पसलमा काम गरि परिवार पाल्दै आएका उनको मृत्यु भएसँगै परिवारमा बज्रपात त प¥यो नै तर उनको काजकिरिया गर्ने ठाउँ नपाउँदा परिवारमा झनै ठूलो बज्रपात भयो । अन्तत नेपालको भाईकहाँ बिराटनगरमा उनको काम गरियो । एकमात्र छोरी प्रियंकाले उनको काम गर्दै आएकी थिईन् । मृतक नेपालकी श्रीमती ३८ बर्षीया टीकादेवी रायमाझीलाई पनि युवराजको कामको १२ औँ दिनमा बिरामले च्याप्यो । सुगरको बिरामी रहेकी उनलाई मोरङ सहकारीमा उपचारका लागि लगेपनि उपचार सम्भव नभएपछि नोबेल मेडिकलमा रायमाझीको उपचार सुरु गरियो । उनको त्यहाँ पनि उपचार हुन नसकेपछि माघ १६ गते (बालिकाको बुबाको मृत्यु भएको २१ दिनमा) नै आमाको मृत्यु भयो । यो सँगै शोकमा रहेकी बालिका यतिबेला इटहरी ४ मा रहेको बेद मन्दिरमा आमाको काजकिरिया गर्दै आएकी छिन् ।

इटहरीको सेतो बङ्गला स्कूलमा कक्षा १० मा अध्ययन गर्दै आएकी उनी आफ्ना आमाबाबु गुमाउँदाको पीडा सम्झेर भावविह्लि अवस्थामा छिन् । आमाबुबा गुमाउँदाको पीडा सँगै आफ्नो जीवन कसरी व्यतित गर्ने भन्नेमा उनको स्थीति खराब हुँदै गएको छ । उनी स्लाइन पानी चडाइरहेको अवस्थामा बेद मन्दिरमा काजकिरिया गरिरहेकी थिईन् । ‘म पढ्न चाहन्छु मलाई पढाइदिए हुन्छ,’ उनले गहभरी आँशु पार्दै भनिन्, ‘म मावलमै बसेर पढ्छु, तर पैसा छैन ।’ आफ्नो आर्थिक अवस्था दयनीय रहेकाले सहयोगको अपेक्षा राखेको उनको भनाई छ । प्रियकाका वुवाको घर झापाको शिवगञ्ज हो । उनीहरु इटहरीमा डेरा गरेर बस्दै आएका थिए । बुबाले टिभी पसलमा काम गर्थे त आमाले मजदुरी गर्दै आएकी थिईन् । उनकी मावली हजुरआमा फूलकुमारी रायका अनुसार सानै उमेरदेखि मावलमा बसेर पढ्दै आएकी उनलाई आँफूहरुले आमाबुबाको अभाव हुन नदिने बताउँछिन् ।

बालिकाकी सानिमा सारदा न्यौपाने भन्छिन्, ‘दिदीलाई भिनाजुको काममा बसेको ७ दिनदेखि नै ज्वरोले च्यापेको थियो, दिदीको निधन भएपछि फुच्चीलाई हुर्काउन बढाउनका लागि आर्थिक सहयोग गरिदिए हुनेथियो ।’ सानैदेखि आर्थिक अवस्था कमजोर रहेको परिवारमा एक्ली छोरी मात्रै रहेपछि उनैले आमाबुबाको काजकिरिया गर्ने बताए अनुसार आँफूहरुले सहयोग गर्र्दै आएको उनले बताईन् । ‘यिनी पनि बिरामी भएर उपचार गराइराखेका छौँ, आमाबुबाको मायाँबाट सानैमा बञ्चित हुन पुगिन्,’ उनले भावुक हुँदै भनिन् । उनले सहयोग आएको रकम बालिकाको नाममा बैँकमा खाता खोली उनको इच्छा अनुसार मात्र प्रयोजन गर्ने बताईन् ।  बालिकाकी काका राजु नेपालले प्रियंका आफ्नै छोरी सरह रहेकाले उनले मागेको र चाहेअनुसारको काम गरिदिने बचन दिए ।

Purbeli TV

इटहरीमा बसेर खोज तथा समसामयिक बिषयमा कलम चलाउनुहुने रेग्मी पूर्वेली न्युजका सहकर्मी हुनुहुन्छ ।

विवेक विवश रेग्मीबाट थप

१५ बर्षीया बालिका : जसले बुबा गुमाएको २१ दिनमै गुमाइन् आमा

टेग्रा किनारमा भविष्य कोर्दै बिपन्न बालबालिका

लैङ्गिक हिंसामुक्त इटहरी बनाउन जोड

कवि भिखारीले भने–‘तिमीले राम्रो भनेपछि…’

तरहरा जेसीज सप्ताह : नृत्यमा कोशी कलेज प्रथम

दसैँ यात्रा २०७५ : कष्टपूर्ण तर अविस्मरणीय यात्रा (यात्रानुभूति)

जेसीज सप्ताह : खुल्ला दौड प्रतियोगितामा याङ्देव

दसैँ कसरी मनाऊँ ! देशमा कलह बढेको छ

क्षेत्रीय कृषि अनुसन्धान तरहरामा भ्रष्टाचार : कम बिल काटेर बढी सामान निर्यात

महिला बचतको २१ औँ स्थापना दिवसमा सम्मान

तपाईको प्रतिक्रिया

Loading…