हिँउदे अधिबेशनले तोक्ला त प्रदेश १ को नाम र राजधानी ?

मोरङ । आईतबार बाट प्रदेश १ को हिउँदे अधिबेशन शुरु भएको छ । यो अधिबेशनबाट प्रदेशको नाम र राजधानी तोकिनेमा धेरैले आशा गरेका छन भने कतिपयले संशय समेत ब्यत्त गरेका छन । पटक पटक प्रदेशको नाम र राजधानीका बिषयमा बिवाद सिर्जना हुँदै आएको छ । यसपटकको अधिबेशनले नाम र राजधानी तोक्नेमा धेरै आशावादी समेत छन ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले भने प्रदेशको नाम र राजधानीको विषयमा कसैको निर्देशन र दबाबले नहुने धारणा ब्यत्त गरेका छन । प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेश सरकारको भएकाले त्यसका लागि प्रदेश सांसदहरु सक्षम रहेको उनको धारणा छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलमा आइतबार पत्रकारहरु सँगको भेटमा मुख्यमन्त्री राईले ‘यही अधिबेशनबाट प्रदेशले नाम र स्थायी राजधानी पाउने र प्रदेशको नाम र स्थायी राजधानी सहमतिबाट टुङ्याइने समेत बताएका छन ।

उनले सबैको भावना प्रतिनिधित्व हुने गरी नाम र स्थायी राजधानी टुङ्गयाइने बताए । उनले आइतबारबाट सुरु भएको हिउँदे अधिबेसनमा महत्वपूर्ण ६ वटा विधेयक प्रदेशसभामा प्रबेश गराउने बताएका छन । प्रदेशसभाको हिउँदे अधिबेशन आइतबारबाट सुरु भएको हो । हिउँदे अविधेशन यस अघि नै प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले आब्हान गरिसकेका थिए । यस पटकको हिउँदे अधिवेशनले प्रदेश १ को नाम र स्थायी राजधानीको विषय टुँगो लगाउने बताइएको छ । त्यही भएर पनि अवको तीन दिनपछि सुरु हुने संसद अधिवेशनलाई बढो महत्वका साथ हेरिएको छ ।

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले राजधानीको नाम र राजधानीको विषय टुँगो लगाउने तयारी भइरहेको जानकारी दिएका छन । भण्डारीले सकेसम्म सर्वसहमतिका आधारमा यस विषयमा टुँगो लगाउने प्रयासका लागि आफूले सहजकर्ताको भूमिका खेलिरहेको बताए । यसअघि नेकपाको केन्द्रिय बैठकले भने प्रदेश १ को राजधानी बिराटनगर र नाम कोशी राख्ने सहमति भईसकेको कुरा सार्बजनिक भएको थियो ।

Purbeli TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

बेलबारीमा पहिलोपटक आदिबासी जनजातिको संस्कार र संस्कृति प्रर्दशनी ( तस्विरहरु सहित)

सुकुना क्याम्पसमा काँग्रेस र नेकपाको शत्ति प्रर्दशन, बिद्यार्थीको भविश्य कता ?

प्रदेश १ को नाम कोशी र राजधानी बिराटनगर

हिँउदे अधिबेशनले तोक्ला त प्रदेश १ को नाम र राजधानी ?

आर्थिक अभावका कारण दिदिभाई बने दृष्टिबिहिन

आदिबासी जनजातिमा सुचिकृत गर्न कुलुङ जातिको माग

यसकारण पुर्वाञ्चल बिश्वबिद्यालय गोठगाँउमा उपर्युक्त

भेडेटारदेखि हेलिकप्टरमा हिमाल, पहाड तराईको आकाश हुँदै प्रसिद्ध पाथिभराको दर्शन

अर्ना विनाको सुनसान र खल्लो कोशी टप्पु

अन्यौलमा प्रदेश १ को नाम र राजधानी

तपाईको प्रतिक्रिया

Loading…