नेपाल विद्यार्थी संघद्धारा ताप्लेजुङमा ओलीको पुत्ला दहन सहित विरोध प्रर्दशन

ताप्लेजुङ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले ताप्लेजुङ सदरमुकाममा सरकार विरुद्ध प्रर्दशन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । ओली नेतृत्वको सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको लगायतका विषयमा विरोध जनाउँदै नेविसंघले प्रर्दशन सहित पुत्ला दहन गरेको हो ।

सदरमुकाम फुङलिङको पुरानो बैंक लाईनबाट विरोध जुलुस निकालेको नेविसंघले विरेन्द्रचौकमा पुगेर पुत्ला जलाएको थियो । प्रर्दशन पछि विरेन्द्र चौकमा कोणसभा समेत भएको थियो । कोण सभामा बोल्दै नेवि संघका जिल्ला अध्यक्ष विश्व नाल्बोले सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको, मुलुकका विभिन्न ठाउँमा भएका बलात्कार हत्या जस्ता जघन्य अपराधिक घटना प्रति सरकार गम्भिर नदेखिएको आरोप लगाउँदै उसका विरुद्ध आन्दोलन गर्नु परेको बताएका थिए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पुर्कुटी पूर्वेली न्युजका ताप्लेजुङ सहकर्मी हुनुहुन्छ ।

सन्तोष पुर्कुटीबाट थप

ताप्लेजुङ फक्ताङलुङबाट ९ थान भरुवा बन्दुक नियन्त्रणमा

पाथीभरामा चल्ने सवारी साधनमा भजन बाहेकका गीत बजाउन नपाईने

कर्तव्य ज्यान मुद्धामा ६ वर्षदेखि फरार अभियुक्त पक्राउ

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धि ताप्लेजुङमा नमुना अभ्यास प्रर्दशनी

हिमपातका कारण ताप्लेजुङका उच्च क्षेत्रका बासिन्दा चिसोको मारमा, वर्षाले किसानलाई फाईदा

नेपाल विद्यार्थी संघद्धारा ताप्लेजुङमा ओलीको पुत्ला दहन सहित विरोध प्रर्दशन

अञ्जली लिम्बू बनिन् मेरिङदेन डान्स स्टार

बालबालिकाको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय बढाउनुपर्नेमा सरोकारवालाको जोड

कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा सम्पन्न

ताप्लेजुङमा तीन राउण्ड गोली सहित रिभल्वर फेला

तपाईको प्रतिक्रिया