प्याब्सन स्पोर्टस्को उपाधी पुर्वाञ्चल एकेडेमिलाई

पथरी / निजि तथा आवासीय बिद्यालय संगठन प्याव्सन मोरङको मंगलवार देखी जारी बेलवारी ११ लक्ष्मीमार्ग स्थीत लक्ष्मी खेल मैदानमा दशौं प्याब्सन स्पोर्टस् मिटमा सुन्दर हरैचाको पुर्वाञ्चल एकेडेमीले प्रथम सिल चुम्न सफल भएको छ ।

जिल्ला भरका ८४ वटा निजी विद्यालयहरु सामेल रहेको उक्त स्पोर्टस् मिटमा हजार भन्दा बढि बिद्यार्थीहरु सहभागी रहेका थिए । २४ वटा बिद्यालयले स्वर्ण, रजत र कास्य प्राप्त गर्न सफल भएका छन् । सुन्दर हरैचाको पुर्वाञ्चल एकेडेमीले ३ स्वर्ण ४ रजत र २ कास्य पदक प्राप्त गर्दै प्रथम पाउन सफल भएको हो । त्यस्तै सुन्दर हरैचाको शिदार्थ एकेडेमीले २ स्वर्ण ५ रजत र २ कास्यपदक र सुन्दरहरैचाकै ब्राइट फ्युचरले ४ स्वर्ण र १ कास्य पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरे बिराटनगरको गौतमबुद्द मेमोरीयलले ३ स्वर्ण १ रजत र २ कास्य पदक पाउदै खेलको तेस्रो विजेता भएका छन् ।

भृकुटी मोडल एकेडेमि २ स्वर्ण, बालसदन एकेडेमिले २ स्वर्ण १ रजत र १ कासय, शिसु शिक्षा सदनले २ कास्य, युनिक एकेडेमिले २ रजत १ कास्य, गोदावारी बिद्या मन्दिरले १ रजत ५ कास्य, मुनाल आदर्स बिद्या सदनले १ रजत, जुपिटर स्कुलले ५ रजत,मदर टेरेसा मोमोरीयलले २ स्वर्ण, बाल प्रतिभा सेकेण्डरीले १ कास्य, सिंहदेवी एकेडेमिले बेलवारीले २ स्वर्ण, शिक्षा सदन बेलवारीले १ रजत, मडन एरा विराटनगरले १ कास्य, डिएभी स्कुल बिराटनगरले १ स्वर्ण, २ कास्य, दुलारी मल्टीपलले १ स्वर्ण, १ रजत र १ कास्य, बालजगत बेलवारीले १ कास्य, बिकेभियम बिराटनगरले १ स्वर्ण, मदरल्याण्डले सुन्दरहरैचाले १ स्वर्ण, २ रजत, एभरेष्ट पथरीले २ कास्य, जनक मेमोरीयल झोराहाटले १ कास्य, न्यु पेगोडा पथरीले १ रजत पाउन सफल भएका छन् । छात्रा तर्फको भलीवलमा पथरीको रेडस्टारले प्रथम पुरस्कार पाउन सफल भएका छन् ।

मदरटेरेसा बिराटनगरका ओम यादव उत्कृट छात्र खेलाडी घोषित भएभने ब्राइट फ्युचर शुन्दरहैचाका शोभा कार्की र अनिता बुढाथोकी उत्कृष्ट छात्रा खेलाडी घोषित भए । पुरष्कार पाउने छात्र छात्राहरुलाई बेलवारी नगरपालीका प्रमुख ज्ञानेन्द्र सुवेदिले पुरष्कार तथा प्रमाणपत्र दिएर सम्मान गरेका थिए । प्याब्सन स्पोर्टस् मिटमा छात्र तथा छात्रातर्फ दौड, रिले दौड, लङजम्प, हाईजम्प,त्रिफल जम्प, सर्टपुट ज्याभ्लिङ थ्रो तथा भलिभलको खेलहरु समावेश रहेका थिए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

पुर्वाञ्चलकाे भेट्रान दमककाे फराकीलाे जित

तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगितास : बिर्तामोड भेट्रानलाई ० का बिरुद्ध ४ गाेल गर्दै उर्लाबारी भेट्रान बिजयी

दुई स्रष्टा सम्मानित

मोरङको पथरीशनिश्चरेमा ४ सय २० महिलाको क्यानसर परीक्षण

तपाईको प्रतिक्रिया

Loading…