स्वर्ण महोत्सवमा राष्ट्रपति आउने

पथरी / मोरङको कानेपोखरी–६, स्थीत रमाइलोको जनसेवा माध्यामिक विद्यालयले स्वर्ण महोत्सव मनाउने भएको छ । स्थापनाको ५० औ वर्ष पुगेकोे उपलक्ष्यमा मनाउन लागेको स्वर्ण महोत्सवमा सम्माननिय राष्ट्रपति विध्यादेवि भण्डारीले उद्धघाटन तथा समापन गनुहुने भएको छ । सात दिन सम्म हुने स्वर्ण महोत्सवकोे माघ १९ गते देखि सुरु भई माघ २५ गते सम्माननिय राष्ट्रपति विध्यादेवि भण्डारीको उपस्थीतिमा उद्धघाटन तथा समापन हुने आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

स्वर्ण महोत्सवमा बिध्यालयले माघ १९ गते सास्कृतिक प्रस्तुति, प्रभात फेरी र खुला म्याराथुन दौड गर्ने छ भने २० देखि २३ गते सम्म विध्यालय सरसफाई र मञ्च व्यावस्थापन, २४ गते पूर्व विध्यार्थीहरुको पुर्न्मिलन र २५ गते विहान ११ वजे सम्माननिय राष्ट्रपतिको उपस्थीतिमा स्वर्ण महोत्सवको मुल समारोह उद्धघाटन तथा समापन गरिने कार्यक्रम संयोजक खेम पौडेलले बताए ।

२५ गते राष्ट्रपतिको बाहुलिबाट विद्यालयको स्वर्ण स्तम्भको उद्घाटन गर्ने सहित बिध्यालयमा योग्दान गर्ने ब्याक्ती र पुर्व बिध्यार्थीलाई सम्मान गर्दै स्मारिका अनावरण गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिका अर्यालले बताए ।

बिध्यालयको उन्नती प्रगतिमा साथ दिन पूर्व विद्यार्थी हरि फुयलले आफ्ना स्र्वर्गीय बुबाको स्मृतीमा १ लाख, सुरेश कार्कीले १ लाख, पुन्य प्रसाद बरालले विद्यालयको भौतिक निर्माणका लागी १ लाख ११ हजार १ सय ११, तुलाराम गुरुङले ५० हजार दिने भएको छन भने तुलसी वस्तीले १ लाख बराबरको विद्यालयलाई कम्प्युटर विद्यालयलाई सहयोग गर्ने भएका छन् । २०६१ सालको एसएलसी व्याजका विद्यार्थीहरुले विद्यालयमा मल्टिमिडिया कक्षाको लागी रु १ लाख दिने भएको छ । २०४३ सालको एसएलसी व्याजले सरस्वतीको प्रतिमा निमार्ण गर्ने भएका छन भने अन्य पूर्व विद्यार्थीहरुबाट विद्यालयमा सहयोग जुट्ने क्रम जारी रहेको छ । बिध्यालयले स्वर्ण महोत्सपको लागि अनुमानित ४ लाख खर्च लाग्ने बताएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

कुटो कोदालीद्वारा ४ जना वडाध्यक्ष सम्मानित

काम विनै तलब खाने जनप्रतिनिधिको तलब फिर्ता गर्न माग

बेलबारीको बिच राजमार्गमा भेटियो बम, सडक आवागमन बन्द

प्याब्सन लोक नृत्य प्रतियोगिता वाल्मीकिलाई

लायन्सद्धारा ह्विल चेयर वितरण

चौथो नगर फुटवलमा वडा नं. २ लाई पाखा लगाउदै १ सेमिफाईाल प्रबेश

पथरीमा जारी नगर कप फुटबलमा वडा नम्बर ९ बिजयी

अनुप्रस्थ फागुन २३ मा पथरी आउदै

पथरीमा जारी नगर कप फुटबल प्रतियोगितामा वडा नम्बर ९ बिजयी

फागुन १५ देखि हात्तीपाइले बिरुद्धको अभियान (जानकारीकाेलागी सेयर गराैं)

तपाईको प्रतिक्रिया