नार्क छोड्दै कृषि वैज्ञानिक

काठमाडौँ/ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) स्थापना भएदेखि अहिलेसम्म ३५ जना कृषि वैज्ञानिकले राजीनामा दिएका छन् ।नार्क छाड्नेमा सबैभन्दा बढी कृषि वैज्ञानिक रहेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि वैज्ञानिकले स्वदेश र विदेश दुबैतिर राम्रो तलब र सुविधा पाउँदा नार्क छाड्ने गरेका छन् । यहाँ कार्यरतमध्ये धेरै कर्मचारी वैदेशिक अध्ययनका लागि विभिन्न देशमा जाने गरेको उहाँले बताउनुभयो । तीमध्ये भारत, चीनलगायत देशमा गएका कर्मचारी फर्किएर आउँछन् । अमेरिका अस्ट्रेलियालगायत देशमा जाने कर्मचारीमध्ये थोरै सङ्ख्यामा मात्रै फर्किएर आउँछन् । उहाँले भन्नुभयो, “यहाँ फर्कंदा उताभन्दा कम तलब सुविधा हुने भन्दै उनीहरु नेपाल फर्कन चाहँदैनन् ।”

प्राविधिक विषय अध्ययन गरेकालाई स्वदेशमा पनि राम्रो अवसर रहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा यहाँभन्दा धेरै तलब तथा अरू सुविधा हुँदा उनीहरु सजिलै छाड्छन् ।”एकातिर आफ्नै आयोगलाई कर्मचारी नियुक्त गर्न नपाउने र लोकसेवाबाट नै कर्मचारीको नियुक्ति गर्नुपर्ने र अर्कातिर कार्यरत कर्मचारी घटिरहँदा दरबन्दीभन्दा धेरै कम कर्मचारी छन् । एक हजार ८२३ को दरबन्दी रहेकामा यहाँ अहिले एक हजार ४३६ जनशक्ति कार्यरत छ

तपाईको प्रतिक्रिया

Loading…