कोशी ब्यारेज मेला : झे झगडा र जुवा तास खेलाउने ५ दर्जन पक्राउ

भाण्टावारी । सुनसरीको कोशी गाउँपालीका ८ स्थित कोशी ब्यारेजमा लाग्दै आएको मेला यो वर्ष पनि सम्पन्न भएको छ । कोशी ब्यारेजमा सोमबार लागेको यस वर्षको “पुसी पुर्णिामा” को मेलामा झे झगडा र जुवा तास खेलाउने ५ दर्जन पक्राउ परेका छन् ।

मेलामा झे झगडा र जुवा तास खेलाउने,पकेट मार्ने ५ दर्जन लाई सिमा प्रहरी चौकी भाण्टावारी बाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको हो । नेपाल र भारतका १० हजार बढी मानिसहरुको सहभागिता रहेको उक्त मेला यो वर्ष सानोतिनो घटना बाहेक शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको सिमा प्रहरी भाण्टावारीका प्रहरी निरीक्षक अवधलाल सोनार साहले जानकारी दिए ।

अघिल्लो वर्षहरुमा लाग्दै आएको मेलामा मानिसहरुको भिडभाडले राजमार्ग घण्टौ सम्म जाम हुँदै आएको कुरा लाई मध्यनजर गर्दै यसवर्षको मेलामा नेपाल प्रहरी,सशस्त्र प्रहरी र सादा पोसाकमा प्रहरी परिचालित गरिएको थियो । यो वर्ष कोशी ब्यारेज मेला ५ मिनेटको लागि पनि राजमार्ग अवरुद्ध नभएको सिमा प्रहरी चौकी भाण्टावारीका ईन्चार्ज साहले बताए ।

Purbeli TV

तपाईको प्रतिक्रिया