त्रिशूलीमा फोहोर फ्याँके कारवाही

मुग्लिन / त्रिशूली नदीमा फोहोर फ्याँक्नेलाई कारवाही गरिने भएको छ । इच्छाकामना गाउँपालिकाले सूचना जारी गर्दै त्रिशूली नदी र त्यस वरपर फोहोर नफ्याँक्न आग्रह गरेको हो ।

सूचनालाई अटेर गरी फोहर फ्याँकेमा प्रचलित कानूनअनुसार कारवाही गरिने गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले बताउनुभयो । गाउँपालिकालाई सफा र हरियालियुक्त बनाउनका निम्ति ‘क्लिन एण्ड ग्रिन इच्छाकामना’ अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । “सूचना अटेर गरी त्रिशूलीमा फोहर फ्याँकेको पाइएमा प्रचलितअनुसारको कानूनी कारवाही गरिनेछ,” उहाँले भन्नुभयो ।

गाउँपालिकाले फोहर व्यवस्थापन केन्द्र स्थापना गरेको छ । “फोहर सङ्कलन गर्न सवारीसाधनका लागि बोलपत्र आह्वान गरिएको छ,” अध्यक्ष गुरुङले भन्नुयो । दश वर्षका लागि निजी व्यक्तिको जग्गा भाडामा लिई फोहर व्यवस्थापन केन्द्र निर्माण गरिएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…